पालुङ्टारमा एकहप्ते उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु

पालुङ्टारमा एकहप्ते उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु

गोरखा। पालुङ्टारवासीहरूको क्षमता विकास गर्ने उद्देश्यले लिगलिग उद्योग वाणिज्य सङ्घको आयोजनामा तथा रेड मिडियाको सहकार्यमा एकहप्ते उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु गरिएको छ। पालुङ्टार नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त तालिमको उद्घाटन नगरपालिकाका मेयर विवश चिन्तनले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरे।

लिगलिग पालुङ्टार उद्योग वाणिज्य सङ्घका अध्यक्ष मानबहादुर आले मगरको सभाध्यक्षतामा आयोजित औपचारिक कार्यक्रममार्फत तालिम उद्घाटन गरिएको हो। कार्यक्रममा नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डे तथा प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी विशेष अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा उनीहरूले मन्तव्यसमेत राखेका थिए।

तालिममा प्रमुख प्रशिक्षकका रूपमा विष्णुमाया पौडेल रहनेछिन् भने सहप्रशिक्षकको जिम्मेवारी आरबी केसीले सम्हालेको आयोजकले बताए।

जेठ ११ गतेदेखि सुरु भएको तालिम जेठ १८ गते समापन हुने आयोजकले जनाएको छ। नगरभित्रका ४७ जना विभिन्न उमेर समूहका सहभागी रहेको उक्त तालिममा सहभागीहरू उत्साहित र सक्रिय रूपमा सहभागी भइरहेको आयोजकले जनाएको छ।

उक्त तालिममा उद्घोषण कला, सार्वजनिक प्रस्तुति, नेतृत्व विकास तथा व्यक्तित्व विकाससम्बन्धी विभिन्न विषयमा प्रशिक्षण दिइने आयोजकले बताए। तालिमले सहभागीहरूको क्षमता अभिवृद्धि र नेतृत्व विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP