फेवातालमा कायक पल्टिँदा एक युवकको सकुशल उद्धार

फेवातालमा कायक पल्टिँदा एक युवकको सकुशल उद्धार

कास्की। कास्कीको पोखरा महानगरपालिका–१८ खपौदीस्थित फेवातालमा अचानक आएको हावाहुरी र ठूलो छालका कारण एक कायक बोट पल्टिँदा एक युवक अलपत्र परेका छन्।

तनहुँको भिमाद नगरपालिका घर भई हाल पोखरा महानगरपालिका–६ बैदाम बस्ने २८ वर्षीय सुविन ठकुरीले चलाएको एकल कायक बोट पल्टिएपछि उनी जोखिममा परेका थिए।

घटनाबारे जानकारी प्राप्त हुनासाथ फेवाताल वाच एन्ड रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमान्डमा खटिएको टोली तत्काल उद्धार कार्यमा खटिएको थियो।

टोलीले ती युवकलाई सुरक्षित रूपमा पानीबाट उद्धार गरी सकुशल किनारामा ल्याएको सशस्त्र प्रहरीले जनाएको छ।
घटनापछि फेवाताल क्षेत्रका जल गतिविधि गर्दा आवश्यक सुरक्षा सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रारम्भिक प्रतिवेदनपछि १४ अर्ब ६३ करोडबराबरको बेरुजु असुल
10 घण्टा अगाडि

काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...

छुटाउनुभयो कि ?

TOP