काठमाडौं । केही दिनयता परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण अवरुद्ध बनेका देशका विभिन्न राजमार्गमा पुनः यातायात सञ्चालनमा आएको छ।
सोमबार साँझको वर्षासँगै खसेको पहिरोका कारण ललितपुरको वाग्मती गाउँपालिका–३ भालुखोलास्थित कान्तिलोकपथ सडकखण्ड अवरुद्ध भएको थियो। उक्त सडकखण्डमा पहिरो हटाइएपछि मंगलबारदेखि सवारीसाधन सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
यस्तै, ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ हाङगाङदाङ क्षेत्रमा पर्ने थुकिम्बा–दोभान भित्री सडकखण्डमा पनि पहिरो पन्छाएर यातायात सेवा पुनः सञ्चालन गरिएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ‘ईकु’ पहिरो हटाइएपछि अरनिको राजमार्ग समेत सञ्चालनमा आएको छ। उक्त राजमार्ग चीनसँगको व्यापार तथा आवागमनका लागि महत्वपूर्ण मानिन्छ।
त्यसैगरी, मकवानपुरको भिमफेदी गाउँपालिका–८ भर्याङडाँडास्थित कान्तिलोकपथ सडकखण्ड पनि खुलाइएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्ले का अनुसार मंगलबार साँझदेखि अधिकांश अवरुद्ध सडक पूर्ण रूपमा सञ्चालनमा आएका छन् भने केही स्थानमा आंशिक रूपमा मात्रै यातायात सञ्चालन भइरहेको छ।
उनका अनुसार भोजपुर नगरपालिका–बोखिम क्षेत्रमा पर्ने मध्यपहाडी लोकमार्ग तथा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेस्थित बेनी–जोमसोम सडकखण्डमा भने हाल एकतर्फी रूपमा मात्रै सवारी सञ्चालन भइरहेको छ।
लगातारको वर्षा र भू-क्षयका कारण पहाडी तथा हिमाली जिल्लाहरूमा सडक अवरोधको समस्या दोहोरिने जोखिम अझै कायम रहेको प्रहरीले जनाएको छ। यात्रुहरूलाई सतर्कता अपनाउन, मौसमको जानकारी लिएर मात्रै यात्रा गर्न तथा सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!