एमालेले टुंग्यायो समानुपातिक सांसदको नामावली, १६ जना सिफारिस

एमालेले टुंग्यायो समानुपातिक सांसदको नामावली, १६ जना सिफारिस

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधि सभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ। पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न समुदाय र समूहबाट १६ जनालाई समानुपातिक सांसदका रूपमा चयन गरेको जनाएको छ।

एमालेले जनजाति, खस आर्य, थारु, दलित, मधेसी र मुस्लिम समुदायबाट प्रतिनिधित्व हुने गरी नामावली टुंगो लगाएको हो।

जनजाति समूहबाट ४ जना चयन भएका छन्। महिलातर्फ भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ तथा पुरुषतर्फ रामबहादुर थापा मगर र कुलभक्त शाक्यलाई छनोट गरिएको छ।
खस आर्य समूहबाट ५ जना सिफारिस भएका छन्।

 महिलातर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल र पिछडिएको क्षेत्रबाट एशुदा कुमारी बराल छन् भने पुरुषतर्फ गुरु प्रसाद बराल र पुष्पराज कंडेल रहेका छन्।

थारु समुदायबाट कृपाराम राणा चयन भएका छन्।
दलित समुदायबाट विष्णुमाया वी.के. र नीता घटानी चयन भएका छन्।

मधेसी समुदायबाट रिङ्ला यादव, यशोधा कुमारी यादव र चन्द्रेश्वर मण्डललाई सांसदका रूपमा सिफारिस गरिएको छ।

यस्तै मुस्लिम समुदायबाट साजिदा सिद्दीकीलाई समानुपातिक सांसदका रूपमा चयन गरिएको एमालेले जनाएको छ।

पार्टीले समावेशी सिद्धान्त र संवैधानिक व्यवस्थालाई ध्यानमा राख्दै विभिन्न समुदायको प्रतिनिधित्व हुने गरी समानुपातिक सूची टुंग्याएको जनाएकोछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

त्रिभुनव अन्तरराष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा
एक महिना अगाडि

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ परेक ...

छुटाउनुभयो कि ?

TOP