काठमाडौं । नेपाली कांग्रेस ले प्रतिनिधि सभा समानुपातिकतर्फका सांसद चयनका विषयमा निर्णय गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
पार्टीका कावा मुख्य सचिव कृष्णप्रसाद दुलाल का अनुसार बैठक आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थितिका लागि निर्देशनअनुसार अनुरोध गरिएको उनले जानकारी दिए।
बैठकमा समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये पार्टीले प्राप्त गरेको सीट संख्याका आधारमा प्रतिनिधि सभा सदस्य चयन गर्ने विषयमा मुख्य रूपमा छलफल हुनेछ। छनोट भएका नामहरू अन्तिम निर्णयपछि निर्वाचन आयोग मा पठाइने तयारी रहेको कांग्रेसले जनाएको छ।
हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ सीट जितेको छ भने समानुपातिकतर्फ २० सीट प्राप्त गरेको छ। समानुपातिक सांसदहरूको नाम टुंगो लगाएर सोमबारसम्म आयोगमा बुझाउने तयारी पार्टीले गरेको छ।
कांग्रेसभित्र समानुपातिकतर्फको चयन प्रक्रियालाई लिएर आन्तरिक छलफल तीव्र बनेको छ। समावेशी सिद्धान्त, क्षेत्रीय सन्तुलन र पार्टी योगदानलाई आधार बनाएर नाम चयन गरिने नेताहरूले बताएका छन्।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा र विश्वासला ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!