वासिङ्टन डीसी, फागुन १० — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतको फैसलालाई चुनौती दिँदै विश्वभरबाट अमेरिका भित्रिने सामानमा १५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन्। अदालतले यसअघि उनले लगाएको आयात कर खारेज गरिदिएपछि ट्रम्पले नयाँ कानुनी प्रावधान प्रयोग गर्दै करको दर बढाएका हुन्।
शुक्रबार १० प्रतिशत शुल्क लगाउने बताएका ट्रम्पले शनिबार आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मार्फत त्यसलाई बढाएर १५ प्रतिशत पुर्याएको जानकारी दिएका हुन्। उनले सन् १९७४ को व्यापार ऐनको धारा १२२ प्रयोग गरी अस्थायी रूपमा उक्त निर्णय लागू गर्ने जनाएका छन्। उक्त कानुनअनुसार कंग्रेसको अनुमति बिना करिब पाँच महिनासम्म यस्तो शुल्क लागू गर्न सकिने व्यवस्था छ।
यसअघि सर्वोच्च अदालतले ‘अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक अधिकार ऐन’ अन्तर्गत लगाइएको कर अधिकार क्षेत्र बाहिरको ठहर गर्दै ६–३ को बहुमतले बदर गरिदिएको थियो। अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै ट्रम्पले त्यसलाई ‘हास्यास्पद, कमजोर र अमेरिका विरोधी’ टिप्पणी गरेका छन्।
बेलायत र अस्ट्रेलियासँग १० प्रतिशत शुल्कको समझदारी भइसकेको अवस्थामा नयाँ घोषणाले ती मुलुकहरूसँगको व्यापारिक सहकार्यमा अन्योल उत्पन्न गरेको छ। फेब्रुअरी २४ देखि लागू हुने भनिएको नयाँ कर प्रणालीमार्फत अमेरिकी व्यापार घाटा घटाउने दाबी ट्रम्पले गरेका छन्।
यद्यपि पछिल्लो तथ्यांकअनुसार अमेरिकाको व्यापार घाटा १.२ ट्रिलियन डलर पुगेको छ, जुन हालसम्मकै उच्च स्तर मानिएको छ। आफ्नै नियुक्त न्यायाधीशहरूबाट समेत विपक्षमा फैसला आएपछि ट्रम्पले दोस्रो कार्यकालको एजेन्डा कुनै हालतमा अघि बढाउने अडान दोहोर्याएका छन्।
काठमाडौं । गीत संगीतमार्फत समाजका कथा बोलेर चर्चा कमाएका प्रकाश सपुत को संसद् यात्रा यसपटक अधुरै बने ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!