गगन थापाको कडा प्रतिबद्धता : कांग्रेसको शिर निहुरिन दिने छैन

गगन थापाको कडा प्रतिबद्धता : कांग्रेसको शिर निहुरिन दिने छैन

काठमाडौं माघ १-नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापाले पार्टी र आफूलाई विश्वास गरेर जिम्मेवारी सुम्पने नेता तथा कार्यकर्ताको शिर निहुरिने अवस्था आउन नदिने कडा प्रतिबद्धता व्यक्त गरेका छन् ।

सभापति पदमा निर्वाचित भएपछि विशेष महाधिवेशनस्थलमा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै थापाले नेपाली कांग्रेसलाई गर्व गर्न योग्य पार्टी बनाउने घोषणा गरे । आफूलाई दिइएको जिम्मेवारी इमानदारी, साहस र परिणामसहित पूरा गर्ने उनले बताए ।

“जुन विश्वासका साथ सभापतिको जिम्मेवारी सुम्पिनुभएको छ, तपाईंहरूमध्ये कसैको पनि शिर निहुरिने अवस्था आउन दिने छैन,” थापाले भने, “नेपाली कांग्रेस पार्टीको शान म जोगाउँछु । पार्टीमा लाग्ने सबै साथीहरूले नेपाली कांग्रेस भएकोमा गर्व गर्ने वातावरण म बनाउँछु ।”

उनले नागरिक अप्ठ्यारोमा पर्दा ‘कांग्रेस छ’ भन्ने अनुभूति दिलाउने गरी पार्टीलाई सडकदेखि संसद्सम्म सक्रिय बनाइने दाबी गरे । थापाको सम्बोधनपछि महाधिवेशनस्थलमा कार्यकर्ताको उत्साह चुलिएको थियो ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्ने सभापति थापाको दावी
एक महिना अगाडि

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विज्ञहरूको सुझावका आधारमा सर्लाही निर्वाचन क्षेत् ...

छुटाउनुभयो कि ?

TOP