गगन थापाको कडा प्रतिबद्धता : कांग्रेसको शिर निहुरिन दिने छैन

काठमाडौं माघ १-नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापाले पार्टी र आफूलाई विश्वास गरेर जिम्मेवारी सुम्पने नेता तथा कार्यकर्ताको शिर निहुरिने अवस्था आउन नदिने कडा प्रतिबद्धता व्यक्त गरेका छन् ।

सभापति पदमा निर्वाचित भएपछि विशेष महाधिवेशनस्थलमा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै थापाले नेपाली कांग्रेसलाई गर्व गर्न योग्य पार्टी बनाउने घोषणा गरे । आफूलाई दिइएको जिम्मेवारी इमानदारी, साहस र परिणामसहित पूरा गर्ने उनले बताए ।

“जुन विश्वासका साथ सभापतिको जिम्मेवारी सुम्पिनुभएको छ, तपाईंहरूमध्ये कसैको पनि शिर निहुरिने अवस्था आउन दिने छैन,” थापाले भने, “नेपाली कांग्रेस पार्टीको शान म जोगाउँछु । पार्टीमा लाग्ने सबै साथीहरूले नेपाली कांग्रेस भएकोमा गर्व गर्ने वातावरण म बनाउँछु ।”

उनले नागरिक अप्ठ्यारोमा पर्दा ‘कांग्रेस छ’ भन्ने अनुभूति दिलाउने गरी पार्टीलाई सडकदेखि संसद्सम्म सक्रिय बनाइने दाबी गरे । थापाको सम्बोधनपछि महाधिवेशनस्थलमा कार्यकर्ताको उत्साह चुलिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

बारामा धारिलो हतियार प्रहार, आमा–छोराको हत्या, बुवासहित तीन घाइते
22 घण्टा अघि

काठमाडौँ,माघ-१४, जनकपुरधाम बारामा धारिलो हतियार प्रहार गरी आमा–छोराको हत्या भएको छ भने बुवासहि ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP