आइसिसी महिला टि ट्वान्टी विश्वकप छनोट प्रतियोगिता : नेपालले ट्स जित्यो

आइसिसी महिला टि ट्वान्टी विश्वकप छनोट प्रतियोगिता : नेपालले ट्स जित्यो

काठमाडौँ, माघ-१२ आइसिसी महिला टि ट्वान्टी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको छ ।    
    
कीर्तिपुरस्थित त्रिबि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको ट्समा नेपाली टोलिकी कप्तान इन्दु बर्माले ट्स जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी हुन् । यससँगै स्कटल्याण्डले पहिला ब्याटिङ गर्नेछ ।    
    
आज दुबै टोलीलाई सुपर सिक्समा पुग्न जित्नैपर्ने दबाब रहेको छ । । स्कटल्यान्डसँग पराजित भएमा नेपालको सुपर सिक्समा पुग्ने सम्भावना समाप्त हुनेछ । नेपाल पहिलो खेलमा थाइल्यान्डसँग आठ विकेटले पराजित भएको थियो, भने दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो ।    
    
यस्तै तेस्रो खेलमा भने टेष्ट राष्ट्र जिम्बाव्वेलाई ६ विकेटले पराजित गर्दै सुपर सिक्सको सम्भावना कायम राखेको हो । नेपालको प्लेइङ ११ मा कप्तान इन्दु बर्मासहित पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, मनिषा उपाध्याय, सीता राना मगर, रोमा थापा र कविता जोशी छ्न ।    
[RSS]

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

निर्वाचन प्रणाली सुधारका लागि बहसको थालनी
2 हप्ता अगाडि

काठमाडौँ । लोकतन्त्रमा निर्वाचन प्रणाली केबल प्रतिनिधि छनोट गर्ने प्राविधिक प्रक्रिया मात्र होइन, रा ...

छुटाउनुभयो कि ?

TOP