तुलसीपुर (दाङ), माघ-१२ क्षेत्र नं ३ का उम्मेदवारहरू आ–आफ्ना एजेन्डा लिएर गाउँ–गाउँमा घरदैलो अभियानमा जुटेका छन्। उनीहरू कार्यकर्ता र मतदातासँग भेटघाट गर्दै विकास र सुशासनका विषय प्रस्तुत गरिरहेका छन्।
कांग्रेसका उम्मेदवार दीपक गिरीले सिँचाइ, सडक सञ्जाल र टरिगाउँ विमानस्थल विस्तारलाई मुख्य एजेन्डा बनाएका छन्। नेकपाका धनबहादुर मास्की (राजेश)ले सडक, पुल, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेका छन्।
नेकपा (एमाले)का घनश्याम पाण्डेले नगर प्रमुख हुँदा गरेका विकास कार्यलाई आधार बनाउँदै शिक्षा, स्वास्थ्य, रोजगारी र प्रविधिमैत्री विकासको एजेन्डा अघि सारेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले सुशासन, डेलिभरी र युवालाई स्वरोजगारमुखी बनाउने विषय उठाएका छन्।
यस क्षेत्रमा विभिन्न दल तथा स्वतन्त्र गरी धेरै उम्मेदवार चुनावी मैदानमा छन्। २०७९ को समानुपातिक मतअनुसार कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ।
[RSS]
दार्चुला । “चौलानीको कञ्चन पानी, बिजुलीको खानी अँध्यारोमै बित्न लाग्यो, हाम्रो जिन्दगानी आ ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!