चितवन पुस ५- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई थुनिएको विषयलाई व्यक्तिगत पीडाभन्दा देशमाथि भएको अन्याय ठूलो भएको बताएका छन्। चितवनको भरतपुर महानगरपालिका–स्थित चौबिसकोटीमा शनिबार आयोजित पार्टी सभालाई सम्बोधन गर्दै उनले पुराना राजनीतिक नेतृत्वले देश र पुस्तामाथि दिएको पीडाको हिसाब मिलाउनुपर्ने बताएका हुन्।
नखु कारागारबाट रिहा भएपछि पहिलोपटक सार्वजनिक सभामा सम्बोधन गरेका लामिछानेले आफूविरुद्ध अन्याय भएको दोहोर्याए।
“मलाई अन्याय भयो, थुनियो, दुख दिइयो भनेर के चित्त दुखाउनु ? सिंगो देशलाई दुख दिइएको छ। देशको अगाडि मलाई दिएको दुख केही होइन,” उनले भने।
लामिछानेले आफू निरन्तर दबाब र आक्रमणको सामना गर्दै आएको संकेत गर्दै रूपकात्मक टिप्पणी गरे।
“मलाई डस्ने सर्पहरू मरे कि मरेनन् थाहा भएन, तर तिनले मेरो शरीरमा दिएको विष बोकेर म आज पनि बाँचिरहेको छु। मेरो शरीरमाथि बसेको विष अझै बाँकी छ,” उनले भने, “म यो विषय लिएर पनि लड्छु।”
उनले आफू कुनै व्यक्ति वा समूहसँग बदला लिन नभई संरचनागत समस्याविरुद्ध संघर्ष गर्ने स्पष्ट पारे।
“हामीले लड्नुपर्ने यिनीहरूसँग होइन, जनताले अपदस्त गरिसकेकासँग लड्नुको अर्थ छैन,” उनले भने, “हामी लड्ने भनेको भोक, शोक, जमिन गुमाउनु, अशिक्षा र बेरोजगारीविरुद्ध हो।”
सभामा उनले युवापुस्ताले गरेको आन्दोलनको प्रशंसा गर्दै जेनजी भाइबहिनीहरूको भूमिकालाई उल्लेख गरे।
“जेनजी भाइबहिनीहरूले उठाएको आवाजले देशको राजनीति हल्लिएको छ। तपाईंहरूको रगतको एक थोपा पनि खेर जान दिन्नँ,” उनले भने।
लामिछानेले चितवनबासीले अन्यायविरुद्ध देखाएको समर्थनलाई देशका लागि ऋणको रूपमा लिँदै त्यसलाई देशसेवामार्फत तिर्ने प्रतिबद्धता व्यक्त गरे।
“चितवनले दिएको साथ केवल मेरो लागि होइन, देशका लागि हो। म त्यो गुन देशलाई तिर्नेछु,” उनले भने।
सभामा रास्वपाका नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
काठमाडौं १५ माघ -। लेखा तथा व्यवसाय क्षेत्र तीव्र रूपमा डिजिटल रूपान्तरणको चरणमा प्रवेश गरिरहेको ...

प्रतिक्रिया