काठमाडौँ, माघ ५ — युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट ‘जेनजी’ का पुरुषोत्तम यादवले गुप्ताले आइतबार (माघ ४) राजीनामा दिएको जानकारी दिएका छन्।
यादवका अनुसार गुप्ताले आइतबार नै राजीनामा दिएका हुन्। गुप्ता कात्तिक ९ गते युवा तथा खेलकुदमन्त्री नियुक्त भएका थिए। तर, उनको राजीनामा अझै औपचारिक रूपमा स्वीकृत हुन बाँकी रहेको उनीनिकट स्रोतहरूले बताएका छन्।
सोमबार (माघ ५) बिहान गुप्ता काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह (बालेन) सँगै सिरहा पुगेर मधेस आन्दोलनका सहिदहरूको सालिकमा माल्यार्पण गरेका थिए।
यसै दिन पूर्व मेयर शाह जनकपुरमा आयोजना हुने राष्ट्रिय स्वतन्त्र पार्टीको सभामा सहभागी हुने कार्यक्रम रहेको छ। राजीनामा स्वीकृत नभइसकेकाले गुप्ता भने उक्त सभामा सहभागी नहुने उनीनिकट स्रोतको भनाइ छ।
काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारीसाधनका आवागमनमा कमी हुँदा वायु प्रदूषणमा उल्लेख्य कमी आएको छ । ग ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!