काठमाडौँ, माघ ५ — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश निर्माणमा कर्मचारीतन्त्रको भूमिका महत्वपूर्ण हुने बताएका छन्। उनले सञ्चार मन्त्रालयकी सचिव राधिका अर्यालको आइतबार आयोजित बिदाइ कार्यक्रममा यस्तो धारणा व्यक्त गरेका हुन्।
मन्त्री खरेलका अनुसार राजनीतिक नेतृत्वको विश्वास र कर्मचारीको सक्रिय सहयोगबिना मुलुकको विकास सम्भव छैन। उनले आफूले जिम्मेवारी सम्हालेको चार महिनाको अवधिमा मन्त्रालय तथा मातहत निकायका कर्मचारीबाट कुनै किसिमको असहयोग नभएको स्पष्ट पारे। बरु, सौहार्दपूर्ण व्यवहार र समन्वयात्मक ढंगले काम भएको उनले बताए।
मन्त्री खरेलले सचिव अर्यालको सरुवा नियमित प्रक्रिया अनुसार भएको उल्लेख गर्दै मन्त्रालयमा रहँदा भएको आपसी समन्वय र सहकार्यको प्रशंसा पनि गरे।
यसैगरी, सचिव अर्यालले मन्त्रालयमा डेढ वर्षको कार्यकालमा आमसञ्चार, दूरसञ्चार, मुद्रण, चलचित्र, हुलाक लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान दिइएको बताइन्। त्यसको प्रतिफलस्वरूप मन्त्रालयले उल्लेखनीय उपलब्धि हासिल गरेको उनको भनाइ छ।
उनले राष्ट्रको समग्र विकासका लागि नयाँ डिजिटल प्रविधि अपनाउनुपर्नेमा जोड दिँदै राजनीतिज्ञ र कर्मचारी प्रशासनबीचको विश्वास अझ मजबुत बनाउन आवश्यक रहेको बताइन्।
सञ्चार मन्त्रालयकी सचिव राधिका अर्याल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सचिव पदमा सरुवा भएकी हुन्।
सो अवसरमा सचिव अर्यालले आफ्नो कार्यकालमा दूरसञ्चार, रेडियो तथा टेलिभिजन दर्ता नवीकरण, सार्वजनिक सेवा प्रसारण, डिजिटल नेपाल फ्रेमवर्क, गोरखापत्र र राष्ट्रिय समाचार समिति सम्बन्धी कानुनी जटिलताका धेरै समस्या समाधान गरिएको जानकारी दिइन्। साथै, उनले अनलाइन समाचारलाई अझ सत्यनिष्ठ र जिम्मेवार बनाउनुपर्ने आवश्यकता औँल्याइन्।
काठमाडौँ, फागुन १४ -आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बुधबार निर्वाचन आयोगम ...

प्रतिक्रिया