रास्वपा सभापति रवि लामिछाने रिहाइका लागि रुपन्देही लगिँदै

रास्वपा सभापति रवि लामिछाने रिहाइका लागि रुपन्देही लगिँदै

काठमाडौ पुष ४-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रिहाइ प्रक्रिया पूरा गर्न शुक्रबार बिहानै रुपन्देही लगिँदै छ। उनलाई ललितपुरस्थित नख्खु कारागारबाट विमानस्थल पुर्‍याइएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार लामिछाने रुपन्देही पुगेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी आजै रिहा हुनेछन्। “उच्च अदालतको आदेशअनुसार प्रक्रिया मिलाउन रुपन्देही लगिएको हो। सबै प्रक्रिया पूरा भएपछि आजै रिहा हुन्छन्,” बोगटीले बताए।

यसअघि उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले लामिछानेलाई तीन सर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो। अदालतले तोकेका सर्तहरूको पालना गर्ने प्रतिबद्धतासहित उनलाई थुनामुक्त गर्ने आदेश जारी गरिएको हो।

लामिछाने यसअघि सम्बन्धित मुद्दाका कारण न्यायिक हिरासतमा थिए। उच्च अदालतको आदेशपछि उनलाई रिहा गर्न आवश्यक कागजी तथा प्रशासनिक प्रक्रिया अघि बढाइएको हो। सुरक्षा व्यवस्थासहित उनलाई रुपन्देही लगिएको प्रहरी स्रोतले जनाएको छ।

लामिछानेको रिहाइसँगै रास्वपाका नेता तथा कार्यकर्ताले निर्णयलाई स्वागत गरेका छन् भने आगामी दिनमा उनी कानुनी प्रक्रिया र राजनीतिक गतिविधिमा कसरी अगाडि बढ्छन् भन्ने विषय चासोका रूपमा हेरिएको छ।

 

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

राष्ट्रियसभाको १९औँ अधिवेशन सुरु
एक महिना अगाडि

काठमाडौँ, माघ४-सङ्घीय संसद् राष्ट्रियसभाको १९औँ अधिवेशन सुरु भएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सच ...

छुटाउनुभयो कि ?

TOP