काठमाडौं । सर्वोच्च अदालतले विद्यालयमा नेपाली भाषा प्रयोग गरेको आधारमा विद्यार्थीलाई कुनै पनि प्रकारको कारबाही नगर्न अन्तरिम परमादेश जारी गरेको छ।
न्यायाधीशको एकल इजलासले नेपाली भाषा नेपालको राष्ट्रिय तथा मातृभाषा भएको उल्लेख गर्दै भाषाको प्रयोगकै कारण विद्यार्थीलाई दण्डित गर्नु संविधानको भावना विपरीत हुने ठहर गरेको हो।
अदालतले विद्यालय प्रशासनलाई विद्यार्थीको भाषा प्रयोग स्वतन्त्रताको सम्मान गर्न र नेपाली बोलेको निहुँमा कुनै भेदभावपूर्ण व्यवहार नगर्न स्पष्ट निर्देशन दिएको छ। साथै, यस्ता घटनाले बालबालिकाको मानसिक विकास र आत्मसम्मानमा नकारात्मक असर पार्ने भएकाले तत्काल रोक लगाउनुपर्ने आदेशमा उल्लेख गरिएको छ।
उक्त मुद्दामा थप सुनुवाइका लागि सम्बन्धित पक्षलाई छलफलमा बोलाइएको सर्वोच्च अदालतले जनाएको छ।
काठमाडौँ,माघ २ — नेपाली कांग्रेस कुनै समय विचार, त्याग र संघर्षको प्रतीक थियो। तर शेरबहादुर दे ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!