बिराटनगर किङ्स पहिलो पटक पराजित, चितवन राइनोज ४८ रनले विजयी

बिराटनगर किङ्स पहिलो पटक पराजित, चितवन राइनोज ४८ रनले विजयी

काठमाडौँ,मङ्सिर १० — नेपाल प्रिमियर लिग (एनपीएल) मा आज (बुधबार) भएको खेलमा विराटनगर किङ्स पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा चितवन राइनोजले विराटनगरलाई ४८ रनले हराउँदै प्रतियोगितामा दोस्रो जित दर्ता गर्यो।

टस हारेर पहिला ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७४ रन बनायो। जवाफमा उतरेको विराटनगर किङ्स १६.५ ओभरमै सबै विकेट गुमाउँदै १२६ रनमा समेटियो।

यो पराजयसँगै अपराजित रहँदै आएको विराटनगर किङ्सले लिगको पहिलो हार व्यहोरेको छ भने चितवन राइनोजले दोस्रो जितसहित अंकतालिकामा महत्वपूर्ण अंक जोडेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP