टोखा नगरपालिकाको चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न, नागरिकले सूचना हकको गरे सक्रिय अभ्यास

टोखा ,मङ्सिर १०— ‘जनताको अदालत–जनताको दिन’को अवधारणासहित टोखा नगरपालिकाले मंसिर १० गते आयोजना गरेको चौमासिक सार्वजनिक सुनुवाइ नागरिकको उल्लेखनीय सहभागितासहित सम्पन्न भएको छ। नगर कार्यपालिकाको कार्यालयमा बसेको कार्यक्रममा मेयर प्रकाश अधिकारी, उपमेयर मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईसहित स्थानीय सरोकारवाला तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो।

मेयर अधिकारीले नगरको समग्र प्रगतिबारे १२ बुँदे प्रतिवेदन प्रस्तुत गर्दै विगतमा अतिक्रमित करिब १४ सय रोपनी सार्वजनिक जग्गा फिर्ता ल्याइएको जानकारी दिए। उनले खोलाको दुवैतिर करिब ९ किलोमिटर क्षेत्र सार्वजनिक जग्गा खाली गराउने काम निरन्तर भइरहेको उल्लेख गरे। सडक तथा खानेपानीतर्फ ८५ प्रतिशत काम सकिएको उनले बताए।

सार्वजनिक सेवाप्रतिको सन्तुष्टिबारे नगरले गरेको सर्वेक्षणमा ८७ प्रतिशत नागरिक सेवा प्रवाहप्रति सन्तुष्ट भएको दाबी मेयरले सुनुवाइमा प्रस्तुत गरे। स्थानीय भोलानाथ दिग्दर्शनले खोलामा ढल मिसिने समस्या तत्काल रोक्न माग गरेपछि मेयर अधिकारीले आवश्यक सहजीकरण गर्दै जाने प्रतिबद्धता जनाए।

प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले टोखालाई स्वच्छ, सफा र समुन्नत नगर बनाउने उद्देश्यसहितका आगामी योजनाहरू प्रस्तुत गरे। उनले मेट्रिक ठेगाना प्रणाली जडान, चन्डेश्वरी अस्पताललाई अझ पारदर्शी तथा प्रभावकारी बनाउने, सबै ११ वडामा EBPS विद्युतीय प्रणाली लागू गर्ने, नगर र वडास्तरमा डिजिटल कर भुक्तानी सुरु गर्ने तथा घर नम्बर प्रणाली छिटो जडान गर्ने योजना सार्वजनिक गरे।

सुनुवाइमा सहभागी नागरिकहरू मेयरको कार्यशैली र विकासप्रति भएको प्रयत्नबाट ‘प्रभावित र आशावादी’ देखिएको नगरपालिकाले जनाएको छ। नागरिक आफैंले सूचना खोज्ने, प्रश्न गर्ने र जवाफ माग्ने संस्कारलाई संस्थागत रूपमा मजबुत बनाउँदै सुनुवाइ कार्यक्रम सम्पन्न भएको नगरको निष्कर्ष छ।

प्रतिक्रिया

  • * * * <a href="https://obs.regideso.cd/?jzdatu">$3,222 payment available</a> * * * hs=6c205d3b7608233b8759b30c1565a864* ххх* paouqua@mailbox.in.ua vn3ttd
  • * * * $3,222 credit available! Confirm your transaction here: https://obs.regideso.cd/?jzdatu * * * hs=6c205d3b7608233b8759b30c1565a864* ххх* paouqua@mailbox.in.ua vn3ttd
  • सम्बन्धित समाचार

    सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
    4 बर्ष अगाडि

    १९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

    छुटाउनुभयो कि ?

    TOP