बाल शिक्षक र विद्यालय कर्मचारीको तलब रोक्ने स्थानीय तह जिम्मेवार : शिक्षामन्त्री

काठमाडौं, मंसिर ९—सरकारले निर्धारण गरेको न्युनतम तलब नदिने स्थानीय तह नै अब जिम्मेवार हुने चेतावनी शिक्षामन्त्रीले दिएका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत शिक्षामन्त्रीले बाल कक्षा शिक्षक, विद्यालय सहयोगी र विद्यालय सहायक कर्मचारीका लागि संघीय सरकारबाट तोकिएको रकम स्थानीय तहलाई पठाइसकिएको जानकारी दिँदै स्थानीय सरकारको निष्क्रियताप्रति असन्तुष्टि व्यक्त गरे।

शिक्षा मन्त्रालयका अनुसार बाल कक्षा शिक्षकका लागि १२हजार  विद्यालय सहयोगीका लागि १० हजार र विद्यालय सहायक कर्मचारीका लागि १५ हजार तलब शीर्षकमा संघीय अनुदान पठाइएको छ। कानुनअनुसार संघीय सरकारबाट प्राप्त रकमभन्दा नपुग भाग स्थानीय तहले थपेर न्युनतम पारिश्रमिक बराबर तलब उपलब्ध गराउनुपर्छ।

मन्त्रालयका अनुसार झण्डै ७०० स्थानीय तहले आवश्यक थप बजेट विनियोजन गरी कर्मचारीलाई न्युनतम दरमा तलब वितरण गरिसकेका छन्। तर बाँकी स्थानीय सरकारले अझै सोही दरअनुसार तलब नदिएको भन्दै शिक्षामन्त्रीले “बाल शिक्षक तथा विद्यालय कर्मचारीमाथि अन्याय नगर्न” आग्रह गरेका छन्।

यस विषयमा ट्रेड युनियनहरू समेत मौन रहेको प्रति पनि शिक्षामन्त्रीले सार्वजनिक रूपमा प्रश्न उठाएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

स्थानीय निर्वाचन उम्मेदवारी दर्ता आज र भोली, यी १८ प्रतिबद्धता घोषणा गर्नुपर्ने
3 बर्ष अगाडि

ती यस प्रकारण छन् : १. संविधानप्रति निष्ठावानस रहेको घोषणा गर्नुपर्नेछ । २. २१ वर्ष पूरा भएको ...

छुटाउनुभयो कि ?

TOP