सरकार स्वच्छ र निष्पक्ष निर्वाचन गर्न प्रतिबद्ध : सञ्चारमन्त्री खरेल

सरकार स्वच्छ र निष्पक्ष निर्वाचन गर्न प्रतिबद्ध : सञ्चारमन्त्री खरेल

काठमाडौं पुस ९ — आगामी निर्वाचनलाई लोकतान्त्रिक, स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताएका छन्।

जनमत पार्टीको केन्द्रीय कार्यालय अवलोकनपछि सञ्चारमन्त्री खरेलले निर्वाचनको सकारात्मक वातावरण बन्दै गएको उल्लेख गर्दै राजनीतिक दलहरू चुनाव केन्द्रित गतिविधिमा सक्रिय देखिनु उत्साहजनक रहेको बताए।

उनले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँगको भेटका क्रममा निर्वाचनको कुनै विकल्प नरहेको र पार्टी सक्रिय रूपमा चुनावको तयारीमा जुटिरहेको जानकारी पाउँदा आफूलाई खुशी लागेको बताए। “राजनीतिक दलहरू लोकतान्त्रिक प्रक्रियामा सहभागी भई निर्वाचनलाई आत्मसात् गर्दै अघि बढ्नु नै लोकतन्त्रको मजबुती हो,” मन्त्री खरेलले भने।

सञ्चारमन्त्री खरेलले सबै राजनीतिक दलको सहभागितामार्फत लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने दिशामा सरकार अघि बढिरहेको स्पष्ट पार्दै निष्पक्ष निर्वाचन सुनिश्चित गर्न आवश्यक सबै प्रबन्ध मिलाइने प्रतिबद्धता व्यक्त गरे।

उनका अनुसार निर्वाचनप्रति जनविश्वास बढाउन सरकार, निर्वाचन आयोग र राजनीतिक दलहरूबीच सहकार्य अपरिहार्य रहेकोछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

FNMIS सम्बन्धमा अध्यागमन विभाग र कन्सुलरहरूसँग अन्तरक्रिया
एक महिना अगाडि

काठ्मांडौ माघ-९ अध्यागमन विभागले नेपालस्थित विभिन्न दूतावास/नियोगहरुका कन्सुलरहरुसँग विदेशी नागरिक व ...

छुटाउनुभयो कि ?

TOP