विराटनगर, पुस ९ — विराटनगरमा क्रियाशील सञ्चारकर्मीहरूले सशस्त्र प्रहरी बल नेपालका नायब उपरीक्षक (डीएसपी) विकास खतिवडालाई सम्मान गरेका छन्। प्रस्तावित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, रानीमा कार्यरत खतिवडाले सीमा सुरक्षा सुदृढीकरण, अवैध गतिविधि नियन्त्रण तथा चोरी–पैठारी निरुत्साहित गर्न पुर्याएको योगदानको कदर गर्दै सञ्चारकर्मीहरूले एक कार्यक्रमका बीच उनलाई सम्मान गरेका हुन्।

कार्यक्रमका संयोजक सत्यनारायण शर्माका अनुसार सशस्त्र प्रहरी बल नेपालको उद्देश्यअनुसार सीमामा सुरक्षा मजबुत बनाउने, सीमा क्षेत्रका विकृति–विसंगति न्यूनीकरण गर्ने तथा आम नागरिकमा शान्ति–सुरक्षाको अनुभूति गराउने कार्यमा खतिवडाको भूमिका उल्लेखनीय रहेको छ। उनले आफ्नो पदीय दायित्व र जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै जनविश्वास कायम गर्न सफल भएको पनि बताए।
कार्यक्रममा साझा सरोकार डट कमका सम्पादक रोशन पोखरेलले समाजमा शान्ति र सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षाकर्मीहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै सेवाभावका साथ कार्य गर्न शुभकामना व्यक्त गरे।
त्यसैगरी समकालिन पथका सम्पादक तथा प्रकाशक मधुसुदन ज्ञवालीले सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रण गर्न नायब उपरीक्षक खतिवडाले आफ्नो कार्यक्षेत्रमा पुर्याएको योगदान सबैले आत्मसात् गर्नुपर्ने धारणा राखे।
कार्यक्रमलाई सम्बोधन गर्दै नायब उपरीक्षक विकास खतिवडाले संगठनले दिएको भूमिकालाई आफूले अक्षरशः पालना गर्दै आएको बताए। सञ्चारकर्मीहरूबाट सम्मानित हुन पाउनु आफूका लागि गर्वको विषय भएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि सीमामा शान्ति, सुरक्षा र सुशासन कायम गर्न प्रतिबद्ध भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे।
काठमाडौँ, माघ १५-उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री कुलमान घिसिङले ...

प्रतिक्रिया