काठमाडौं, मंसिर ७ — ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारो सर्वोच्च अदालतको आदेशमा शनिबार बिहान पक्राउ परेका छन्। संघीय प्रहरीले उनलाई ब्रासिलियास्थित मुख्यालयमा लगेरे नियन्त्रणमा राखेको छ।
सर्वोच्च अदालतले तोकेको २७ वर्ष तीन महिनाको जेल सजाय सुरु हुन केही दिन बाँकी रहँदा बोल्सोनारो पक्राउ परेका हुन्। न्यायाधीश एलेक्जेन्ड्रे डी मोरायसका अनुसार उनी सजायबाट बच्न फरार हुने तयारीमा रहेको प्रमाण भेटिएपछि पक्राउ गर्न आदेश दिइएको हो।
गत जुलाईदेखि घरमै नजरबन्दमा रहेका बोल्सोनारोको खुट्टामा रहेको इलेक्ट्रोनिक एंकल मोनिटर को सिग्नल अचानक हराएपछि छानबिन गरिएको थियो। अदालतका अनुसार उक्त यन्त्रमा छेडछाड गरी हटाउने प्रयास भेटिएको छ, जसलाई फरार योजनाको हिस्सा मानिएको हो।
यसअघि सर्वोच्च अदालतले बोल्सोनारोलाई २०२२ को चुनावी नतिजा उल्ट्याउन खोज्दै ‘कू’को प्रयास गरेको, नक्कली कागजात तयार पारेको र सेनामाथि दबाब दिएको अभियोगमा दोषी ठहर गरिसकेको थियो। अदालतले उनलाई लोकतान्त्रिक व्यवस्था कमजोर पार्ने आपराधिक संगठनको नेतृत्वकर्ता समेत ठहर गरेको छ।
स्वास्थ्य कारण देखाउँदै जेल नराख्न वकिलहरूले गरेको अपिल अदालतले खारेज गरेको छ। बोल्सोनारोका समर्थकले कारबाहीलाई राजनीतिक प्रतिशोध भने पनि अदालतले निर्णय प्रमाणका आधारमै गरिएको स्पष्ट गरेको छ।
ती यस प्रकारण छन् : १. संविधानप्रति निष्ठावानस रहेको घोषणा गर्नुपर्नेछ । २. २१ वर्ष पूरा भएको ...
प्रतिक्रिया