सुनसरी खोलामा बेपत्ता व्यक्ति मृत फेला, एक जनाको ज्यान जोगियो

सुनसरी खोलामा बेपत्ता व्यक्ति मृत फेला, एक जनाको ज्यान जोगियो

सुनसरी, मंसिर ३ — सुनसरी जिल्लाको रामधुनी नगरपालिका–४ स्थित रामधुनी मन्दिरनजिकैको सुनसरी खोलामा नुहाउने क्रममा बेपत्ता बनेका मोरङको सुन्दरहरैचा नगरपालिका–३ का ४१ वर्षीय देवेन्द्र भट्टराई मृत अवस्थामा फेला परेका छन्। सशस्त्र प्रहरीले खोजतलास जारी राख्दै मंसिर ३ गते उनको शव घटनास्थलबाट करिब ५० मिटर तल फेला पारेको हो।

उनीसँगै खोलामा नुहाउन पुगेका सुनसरी इटहरी उपमहानगरपालिका–१३ का ५४ वर्षीय रोहित काफ्ले डुब्न लागेका बेला उद्धार गरी तत्कालै उपचारका लागि झुम्कास्थित साई अस्पताल पठाइएको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घटनाबारे नुहाउन गएका समूहकै ५८ वर्षीय भिमराज काफ्ले ले सुरक्षा निकायलाई खबर गरेका थिए। सूचना पाएलगत्तै मन्दिर सुरक्षामा खटिएका सुरक्षाकर्मी तथा सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरीबाट सशस्त्र प्रहरी निरीक्षक बावुकाजी कटुवालको नेतृत्वमा खटिएको विपद् व्यवस्थापन तालिमप्राप्त टोली परिचालित गरिएको थियो।

उक्त टोलीले रोहित काफ्लेलाई जीवितै उद्धार गर्न सफल भयो भने देवेन्द्र भट्टराईको शव खोलाको बहावले तल बगाएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

काठमाडौँमा ३९ विद्यालयको नाम फेरियो, ३० हजारभन्दा बढी विद्यार्थी छात्रवृत्तिमा
2 महिना अगाडि

काठमाडौ पुष ४-काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका ३९ वटा विद्यालयले यस वर्ष नेपालीपन झल्किने ...

छुटाउनुभयो कि ?

TOP