काठमाडौँ, मंसिर २ — नापी कार्यालय पर्सामा कार्यरत दुई कर्मचारी सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको आरोपमा रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएका अनुसन्धान अधिकृतहरूको टोलीले सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्यायलाई नियन्त्रणमा लिएको हो।
अदर्शनगर–३, पानी ट्याङ्कीस्थित नापी कार्यालय पर्सा १, २, ३ नं. नापी टोलीको कार्यलयमा छुट जग्गा दर्ताका लागि सेवाग्राहीसँग विभिन्न बहाना बनाएर रु १,००,००० मागिरहेको सूचनाका आधारमा आयोगले निगरानी थालेको थियो। सोही प्रक्रियामा दुबै जनालाई सेवाग्राहीबाट लिइसकेको रकमसहित मंसिर २ गते पक्राउ गरिएको आयोगले जनाएको छ।
अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार दुबैलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ।
काठमाडौ पुष ४-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रिहाइ प्रक्रिया पूरा गर ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!