काठमाडौं पुस ४ — टुकुचा खोलाको प्रदूषण नियन्त्रण र बागमती नदी बेसिन सुधारका लागि फोहर पानी प्रशोधन केन्द्र (WWTP) निर्माणको काम अघि बढाइएको छ। नेपाल सरकार, सहरी विकास मन्त्रालयअन्तर्गत बागमती सभ्यता एकीकृत विकास उच्चस्तरीय समिति मार्फत बागमती नदी बेसिन सुधार आयोजना–अतिरिक्त वित्तीय सहयोग अन्तर्गत परियोजना सञ्चालनमा छ।
एसियाली विकास बैंक (ADB) को ऋण सहयोगमा करिब १ अर्ब ५२ करोड रुपैयाँ लागतको यो आयोजना ८ जुन २०२२ मा सुरु भई ५ जुन २०२५ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजना सम्पन्न भएपछि ५ वर्षको सञ्चालन तथा सेवा अवधि तोकिएको छ।
परियोजनाको ठेक्का Passavant–Kalika–SNET–JV ले लिएको छ भने परामर्शदाताका रूपमा EPTISA SERVICIOUS DE INGENIERIA S.L सहितको संयुक्त टोली संलग्न छ।
केही दिनअघि सहरी विकास मन्त्री कुलमान घिसिङ ले टुकुचा खोला फोहर पानी प्रशोधन केन्द्रको आयोजनास्थल निरीक्षण गर्दै निर्माण कार्य समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्न निर्देशन दिएका छन्।
काठमाडौँ, माघ४-सङ्घीय संसद् राष्ट्रियसभाको १९औँ अधिवेशन सुरु भएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सच ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!