सप्तरीमा झाडापखाला पीडित परिवारलाई सशस्त्र प्रहरी बलद्वारा २६ हजार रुपैयाँ सहयोग

सप्तरीमा झाडापखाला पीडित परिवारलाई सशस्त्र प्रहरी बलद्वारा २६ हजार रुपैयाँ सहयोग

सप्तरी, कात्तिक २० – सप्तरीको छिन्मस्ता गाउँपालिका–५ लोखरम मुसहर टोलमा झाडापखालाबाट पीडित बनेको बचुन सदालाई सशस्त्र प्रहरी बलले २६ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोस्ट (बीओपी) छिन्मस्ताका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सन्तोष न्यौपानेले शुक्रबार गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरी, उपाध्यक्ष राजुदेवी यादव र वडा अध्यक्ष जयप्रकाश ठाकुरको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरेका हुन्।

उक्त रकम रोज गोलेको समन्वयमा एस चाईनिज किचनका प्रबन्धक तथा समाजसेवी साङ्यो योन्जन र उनकी श्रीमती निमा मोक्तानले उपलब्ध गराएका हुन्। उनीहरू यसअघि विपन्न तथा जेहेन्दार विद्यार्थी, मानव सेवा आश्रम, निजी शिक्षक व्यवस्था तथा विद्यालयका लागि भाँडाकुडा व्यवस्थापन जस्ता सामाजिक सहयोग कार्यमा सक्रिय रहँदै आएका छन्।

करीब दुई सातादेखि फैलिएको झाडापखालाका कारण बचुन सदाका ६६ वर्षीय बुवा, चार वर्षकी छोरी र एक वर्षका छोराको मृत्यु भएको थियो। घटना सार्वजनिक भएपछि स्थानीय तह र सशस्त्र प्रहरीले राहत तथा उद्धार प्रयत्नका पहल थालेका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP