कार्तिक १५ -मोरङ — प्रदेश १ को तरहरास्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्र मा व्यापक भ्रष्टाचारको आरोप लागेकोछ।
नेपाल सरकारको नियम अनुसार कुनै कर्मचारीले फिल्ड भत्ता सात दिनभन्दा बढी लिएमा मन्त्रालयलाई जानकारी गराउनुपर्ने व्यवस्था छ। तर केन्द्रका केही कर्मचारीहरूले महिनामा २०–२५ दिनसम्म नक्कली भ्रमण देखाएर भत्ता लिने गरेको खुलासा भएको छ।
स्थानीय स्रोतका अनुसार लेखा अधिकृत पुण्य दुलाल, विनोद यादव, स्टोरकिपर बिनोद भद्र, र प्रशासनिक अधिकृत अन्त दाहाल लगायतले तरहराबाट इलाम, वीरगञ्ज, चितवन, काठमाडौंसम्मको भ्रमण देखाएर सरकारी रकम हिनामिना गर्ने गरेको आरोप छ।
त्यसैगरी, “खाने–समाउने” नाममा लेखा शाखाले मिलेमतो गरी भत्ता बाँडफाँट गर्ने, मजदुरको हाजिरी र बिलमा नक्कली विवरण हाल्ने, र दशैंका नाममा मजदुरको तलब रोक्ने कार्य हुँदै आएको जनाइएको छ।
स्रोतका अनुसार सन् २०६९ सालमा विश्व बैंकमार्फत सञ्चालित कृषि प्रवर्द्धन परियोजना अन्तर्गत किसानलाई वितरण गर्नुपर्ने बीउ, कुखुरा र माछा वितरणका सामग्री तथा रकम समेत २०–२५ लाख रुपैयाँ बराबर हिनामिना गरिएको छ।
हालका कार्यलय प्रमुख राजेन्द्र दराईमाथि समेत दारू सेवन गर्दै कार्यालयमा गैरजिम्मेवार व्यवहार गर्ने र भ्रष्ट कर्मचारीहरूसँग मिलेर भ्रष्टाचारमा संलग्न रहने आरोप छ।
स्थानीय नागरिक र कर्मचारीहरूले सरकारले तात्कालिक छानबिन गरी अनियमिततामा संलग्न व्यक्तिलाई कारबाही गर्न माग गरेका छन्।
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...
प्रतिक्रिया