प्रतिनिधिसभा चुनाव सुरक्षामा सरकारबाट सवा ३ लाख सुरक्षाकर्मी परिचालन, म्यादी प्रहरी मात्र १ लाख ३० हजार

प्रतिनिधिसभा चुनाव सुरक्षामा सरकारबाट सवा ३ लाख सुरक्षाकर्मी परिचालन, म्यादी प्रहरी मात्र १ लाख ३० हजार

काठमाडौँ मङ्सिर १— आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि सरकार करिब सवा ३ लाख सुरक्षाकर्मी परिचालन गर्ने तयारीमा छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आइतबार बसेको उच्चस्तरीय सुरक्षा समितिको बैठकले फागुन २१ मा हुने निर्वाचनलाई लक्षित गर्दै करिब ३ लाख १४ हजार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गरिनेछ। साथै, नेपाली सेनाका ७९ हजार, नेपाल प्रहरीका ७२ हजार, सशस्त्र प्रहरीका ३३ हजारराष्ट्रिय अनुसन्धान विभागका जनशक्ति समेत चरणबद्ध रूपमा खटाइने गृह मन्त्रालयले जनाएको छ।

मतदाता नामावली, मतदान केन्द्र र मतदानस्थलको अन्तिम सूची सार्वजनिक भएपछि सुरक्षा जनशक्ति सङ्ख्यामा आवश्यक परे समायोजन हुनेछ। हालका लागि सवा तीन लाखको हाराहारीमा जनशक्ति परिचालन गर्ने गरी निर्वाचन सुरक्षा कार्ययोजना स्वीकृत भएको हो।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सुरक्षा योजना २०७९ को प्रतिनिधिसभा निर्वाचनमा देखिएका चुनौतीका आधारमा अद्यावधिक गरिएको बताए। बैठकले ‘एकीकृत सुरक्षा योजना–२०८२’ पारित गर्दै सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरीलाई समन्वित ढङ्गले परिचालन गर्ने निर्णय गरेको छ।
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

नेपाली बोल्ने विद्यार्थीलाई कारबाही नगर्न सर्वोच्चको परमादेश
3 महिना अगाडि

काठमाडौं । सर्वोच्च अदालतले विद्यालयमा नेपाली भाषा प्रयोग गरेको आधारमा विद्यार्थीलाई कुनै पनि प्रकार ...

छुटाउनुभयो कि ?

TOP