गोकर्णेश्वर–५ मा पाठेघर क्यान्सर घरदैलो स्वास्थ्य जाँच कार्यक्रम सम्पन्न

गोकर्णेश्वर–५ मा पाठेघर क्यान्सर घरदैलो स्वास्थ्य जाँच कार्यक्रम सम्पन्न

काठमाडौं, मङ्सिर १— गृहिणी महिला संघले गोकर्णेश्वर नगरपालिकाको सहयोगमा सोमबार गोकर्णेश्वर–५ मा पाठेघर (सर्भिकल) क्यान्सर सम्बन्धी आधारभूत स्वास्थ्य जाँच कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

कार्यक्रममा करिब १५० जना विवाहित महिलाहरुले सक्रियतापूर्वक घरदैलोमा स्वास्थ्य जाँच गराए। सहभागी महिलाहरुले विशेषज्ञ चिकित्सक टोलीबाट प्रत्यक्ष जाँच पाउने अवसर पाउँदा खुशी व्यक्त गरे।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल, वडा नं. ५ का अध्यक्ष, गृहिणी महिला संघकी अध्यक्ष अमृता शर्मा तथा अन्य संघका पदाधिकारीहरुको उपस्थिती थियो।

मेयर रिसालले अघिल्लो वर्ष स्वास्थ्य क्षेत्रमा गरेको कार्यको फलस्वरूप गोकर्णेश्वर नगरपालिकाले जिल्ला स्तरमा प्रथम स्थान हासिल गरेको स्मरण गर्दै यस उपलब्धिलाई अझै रफतारका साथ काम गर्दै निरोगी नागरिक सुनिश्चित गर्ने प्रेरणा भएको बताए। उनले भने, “यदि कसैलाई स्वास्थ्य जाँचमा रोग भेटिएमा तुरुन्त उपचारको व्यवस्था नगरपालिकाले गर्नेछ।”

गृहिणी महिला संघकी अध्यक्ष अमृता शर्माले नगरपालिकासँग निरन्तर सहकार्य गर्दै घरघरमा स्वास्थ्य सेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। सहभागी महिलाहरुले घरदैलोमा स्वास्थ्य जाँच गराउने अवसर पाउँदा खुशी व्यक्त गर्दै नगरपालिका र गृहिणी महिला संघप्रति धन्यवाद दिएका छन्।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP