काठमाडौं मङ्सिर १– त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर क्रिकेट रङ्गशालाको पहिलो चरणअन्तर्गत निर्माण सम्पन्न प्यारापेट र फ्लडलाइट आइतबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल क्रिकेट संघ (क्यान) लाई हस्तान्तरण गरिएको छ। फ्लडलाइट सञ्चालनमा आएसँगै रंगशाला राति खेल सञ्चालन गर्न सक्षम बनेको छ र आधुनिक क्रिकेट पूर्वाधार निर्माणतर्फ महत्वपूर्ण प्रगति भएको छ।
शहरी विकास मन्त्रालयले दोस्रो चरणका लागि करिब १० अर्ब रुपैयाँ बजेट सुनिश्चित गरेको छ र आगामी तीन वर्षभित्र रंगशालालाई पूर्ण सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तरको बनाउने लक्ष्य लिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले सामाजिक सञ्जालमा आफ्नो बिचार व्यक्त गर्दै भनेका छन्, “फ्लडलाइटको उज्यालोसँगै केवल रंगशाला मात्र उज्यालो भएको होइन, नेपालको खेलकुदको भविष्य पनि उज्यालो हुँदैछ। कीर्तिपुरको यो उज्यालो मैदानबाट नेपाल क्रिकेटले अझ उज्यालो भविष्य लेख्नेछ।”
मन्त्री घिसिङले पहिलो चरण सफल बनाउन योगदान पुर्याउने आयोजना व्यवस्थापन, परामर्शदाता, निर्माण व्यवसायी र सबै सरोकारवालालाई धन्यवाद दिँदै सोमबारबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) का खेलाडी, टिम र समर्थकलाई शुभकामना दिएका छन्।
तानसेन (पाल्पा), माघ १४ - “जनताको सेवा गर्न भनेर चुनाव जितेर त आइयो तर हामी महिला सदस्यको कुनै ...

प्रतिक्रिया