काठमाडौ असोज ३१-सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज पौडेल नेतृत्वको टोलीले मनाङस्थित दामोदर हिमश्रृंखलाअन्तर्गत पर्ने चुलु फार ईस्ट हिमाल (६,०३८ मिटर) सफलतापूर्वक आरोहण गरी सशस्त्र प्रहरी बल, नेपालको झण्डा फहराएको छ।
असोज २५ गते बिहान ७ बजे झण्डा फहराउँदै टोलीले नेपाली सुरक्षाबलको गौरवमय उपस्थितिलाई पर्वतीय क्षेत्रमा थप उचाइमा पुर्याएको छ। आरोहण टोलीमा नायव उपरीक्षक पौडेलसहित ७ जना सशस्त्र प्रहरी रहेका थिए।
यो आरोहणले सशस्त्र प्रहरी बल, नेपालको पर्वतीय उद्धार क्षमतामा अभिवृद्धि, पर्यटन प्रवर्द्धनमा योगदान र पर्वतीय उद्धार तालिम शिक्षालय, मनाङका लागि आवश्यक प्रशिक्षक उत्पादनमा माइलस्टोन सावित हुने विश्वास लिइएको छ।
यसअघि चुलु ईस्ट हिमालको अनुमति लिएर चुलु फार ईस्ट हिमाल आरोहण गर्ने प्रचलन रहेकोमा, सशस्त्र प्रहरी बलको सफल आरोहणपछि अब चुलु फार ईस्ट हिमालको कानुनी बैधानिकता प्राप्त भएको छ।
आरोहण टोलीले निम तेम्वा शेर्पा र सुम्बा छिरी शेर्पाका गाइडलाइनमा फोर्टिन पिक्स एक्सपीडिसन मार्फत हिमाल आरोहण सम्पन्न गरेको हो।
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...
प्रतिक्रिया