विना अनुमति विदेशी लैजाने ट्रेकिङ एजेन्सी कारबाहीमा, ४५ हजार जरिवाना

काठमाडौं, कात्तिक ३० — निषेधित क्षेत्रमा बिना अनुमति विदेशी पर्यटक पुर्‍याएको पुष्टि भएपछि नेपाल ईनभाइरोमेण्टल ट्रेक्स एन्ड एक्सपिडिसनमाथि अध्यागमन विभागले कारबाही गरेको छ। विभागले अध्यागमन ऐन, २०४९ बमोजिम पहिलोपटकका लागि एजेन्सीलाई ४५ हजार रुपैयाँ जरिवाना गरेको हो।

एजेन्सीले दोलखाको अति संवेदनशील मानिने गौरीशंकर–लामाबगर क्षेत्रमा इटालीका नागरिक ANNA MARCON र MASSIMO CARLAN लाई बिना अनुमति पदयात्रा गराएको विभागको निष्कर्ष छ। यात्रुहरूलाई आपतकालीन उद्धार गर्नुपर्ने परिस्थिति आएपछि मात्र एजेन्सी अनुमतिका लागि विभागमा पुगेको र त्यसैले अनियमितता खुलेको अध्यागमनको ठहर छ।

अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार निषेधित क्षेत्रमा बिना अनुमति विदेशी लैजान खाज्नु कानुनी हैसियतसँग गम्भीर खिलवाड हो। “यस्ता उल्लङ्घनमा विभाग कडाइका साथ कदम चाल्न बाध्य हुन्छ,” ढकालले चेतावनी दिए। उनका अनुसार विभागले आगामी दिनमा यस्ता गतिविधि रोक्न विशेष निगरानी बढाउने तयारी गरेको छ।

नियमावली अनुसार निषेधित क्षेत्रमा प्रवेश गर्न विदेशी पर्यटकले ट्रेकिङ एजेन्सीमार्फत् निवेदन दिएर अनुमति लिनुपर्ने व्यवस्था छ। तर नेपाल ईनभाइरोमेण्टल ट्रेक्सले प्रक्रिया उल्लङ्घन गर्दै जोखिमयुक्त क्षेत्रमा पर्यटक पुर्‍याएको विभागको भनाइ छ।

उक्त यात्रामा साथ गएका गाइड भीमप्रसाद पनेरुमाथि आवश्यक कारबाही गर्न पर्यटन बोर्डलाई पत्राचार गरिएको विभागले जनाएको छ।

नेपाल सरकारले सीमावर्ती सुरक्षा तथा संवेदनशीलताका कारण माथिल्लो मुस्ताङ, माथिल्लो डोल्पा, मनासलु, कञ्चनजंघा, हुम्लाको सिमकोट–नाम्खा–चुंखेली क्षेत्र, किमाथांका, छेकम्पार, चुञ्चेत लगायतका क्षेत्रमा अनुमति विना प्रवेश कडाइका साथ निषेध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

उपकरण जडान द्रुतरूपमा
3 बर्ष अगाडि

उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...

छुटाउनुभयो कि ?

TOP