काठमाडौं, कात्तिक ३० — नेपाल–भारत सीमा सुरक्षालाई थप कडाइ तथा प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल (एपीएफ) नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीचको नवौँ समन्वयात्मक बैठक भारतको नयाँ दिल्लीमा सम्पन्न भएको छ। बैठक २६–२८ कात्तिकसम्म चलेको हो।
बैठकमा दुवै देशका सीमा सुरक्षा प्रमुखहरूले सीमा अपराध नियन्त्रण, लागुऔषध ओसारपसार रोकथाम, अवैध आवतजावत तथा चोरी–निकासी नियन्त्रणमा कडाइका साथ काम गर्ने सहमति जनाए। सूचना आदानप्रदान, तालिम सहयोग र संयुक्त गस्तीलाई अझ सुदृढ बनाउने विषयमा पनि दुवै पक्ष एकमत भएका छन्।
२०८१ मंसिरमा काठमाडौंमा सम्पन्न आठौँ बैठकले पारित गरेका निर्णयहरूको प्रगतिबारे समीक्षा गर्दै दुवै पक्षले आगामी रणनीति स्पष्ट पारे। सीमा सुरक्षामा देखिएका चुनौतीहरूलाई साझा प्रयासमार्फत समाधान गर्ने प्रतिबद्धता दुवै सुरक्षा निकायले व्यक्त गरे।
बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले नेतृत्व गरेका थिए भने भारतको तर्फबाट एसएसबीका महानिर्देशक सञ्जय सिंघल सहभागी थिए।
आईजीपी अर्यालसहित अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगर, डिआईजी दिपक रेग्मी, अनुसन्धान निर्देशक रामप्रसाद दास र बरिष्ठ उपरीक्षक किरण बस्नेतसमेतको टोली २५ कात्तिकमा भारत पुगेको थियो।
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...
प्रतिक्रिया