चितवन । डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार रातभर पटक–पटक खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको छ । उनका अनुसार झण्डै १०० मिटर माथिबाट पहिरो खसेको हो ।
निरन्तर पहिरो खसिरहेकाले राति सडक खुलाउन नसकिएको र बिहान उज्यालो भएसँगै पन्छाउने काम सुरु गरिएको लामिछानेले बताए । उनका अनुसार दुवैतर्फबाट एक–एक वटा लोडरले पहिरो पन्छाउने काम थालेका छन् भने नारायणगढतर्फ सेती दोभान क्याम्पमा रहेको एउटा स्काभेटर पनि पठाइएको छ ।
लामिछानेका अनुसार पहिरो ठूलो भएको र ढुङ्गा निरन्तर झरिरहेकाले जोखिम अझै कायम छ । थप पहिरो नखसेमा चार घण्टाभित्र सडक सफा गरेर सवारी सञ्चालनमा ल्याउन सकिने अनुमान गरिएको उनले बताए ।
शुक्रबार साँझ ६ः०० बजेपछि सडक अवरुद्ध हुँदा यात्रुहरू रातभर सडकमै बस्न बाध्य भएका छन् । पहिरो खसेको ठाउँ मुग्लिनबाट करिब २.५ किलोमिटर नारायणगढतर्फ पर्छ ।
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...
प्रतिक्रिया