दैलेखका लेखा अधिकृत घुससहित सुर्खेतमा नियन्त्रणमा

दैलेख असोज ३-दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिकामा कार्यरत लेखा अधिकृत (सातौं तह) टंक बहादुर कार्की घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल र सुर्खेत कार्यालयबाट खटिएको संयुक्त टोलीले कार्कीलाई सेवाग्राहीसँग एक लाख) घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । कार्कीले गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्न भएपछि अन्तिम बिल भुक्तानीका क्रममा घुस मागेको उजुरीका आधारमा निगरानी गरिएको अख्तियारले जनाएको छ ।

जिल्ला सुर्खेत, बिरेन्द्रनगर–९, मंगलगडी चोकबाट कार्कीलाई घुस रकमसहित नियन्त्रणमा लिइएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

उपकरण जडान द्रुतरूपमा
3 बर्ष अगाडि

उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...

छुटाउनुभयो कि ?

TOP