संविधान दिवसमा टुँडिखेलमा विशेष समारोह, राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीको सहभागिता

संविधान दिवसमा टुँडिखेलमा विशेष समारोह, राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीको सहभागिता

काठमाडौं असोज  ३- संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ आज देशभर विविध कार्यक्रम गरी मनाइएको छ। राजधानीको सैनिक मञ्च, टुँडिखेलमा भएको मुख्य समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख आतिथ्यतामा सहभागी भए भने प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गरिन्।

समारोहमा उपराष्ट्रपति, प्रमुख न्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, मन्त्रीहरू, उच्चपदस्थ सुरक्षाकर्मी, कूटनीतिक नियोगका प्रतिनिधिहरू र विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो।

प्रधानमन्त्री कार्कीले सम्बोधनमा संविधानले सुनिश्चित गरेका अधिकार र जिम्मेवारीलाई कार्यान्वयन गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताइन्। उनले संविधानलाई स्थायित्व, शान्ति र समृद्धिको आधार स्तम्भका रूपमा कार्यान्वयन गर्ने सरकारको प्रतिबद्धता दोहोर्याइन्।

२०७२ साल असोज ३ गते दोस्रो संविधानसभाबाट लामो संघर्ष र बलिदानीपश्चात नेपालको संविधान जारी भएको हो। संविधान दिवसका अवसरमा राजधानीसहित देशका विभिन्न स्थानमा र्याली, सांस्कृतिक कार्यक्रम र सम्मान समारोहहरू आयोजना गरिएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP