सर्वोच्च अदालत : त्रिपालमुनि मुद्दा दर्ता र सुनुवाइ सुरु

सर्वोच्च अदालत : त्रिपालमुनि मुद्दा दर्ता र सुनुवाइ सुरु

काठमाडौं भदौ २-जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त बनेको सर्वोच्च अदालतले बिहीबारदेखि त्रिपाल र टेन्टमुनि मुद्दा दर्ता र सुनुवाइ सुरु गरेको छ। भवनसहितका फाँट, इजलास, मिसिल, अभिलेख र सर्भर जलेर नष्ट भएपछि वैकल्पिक रूपमा यस्तो व्यवस्था गरिएको हो।

सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र कुमार रेग्मीले पालैपालो बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ गरेका छन्। मिसिल जलेर नष्ट भएकाले अब पक्षबाटै फाइल झिकाउने आदेश गर्ने नयाँ अभ्यास सुरु गरिएको अधिवक्ताहरूले बताएका छन्।

२४ गतेको आगलागीमा सर्वोच्चका करिब २८ हजार मुद्दा जलेर नष्ट भएका थिए। अब ती सबै मुद्दा पक्षका प्रमाणका आधारमा पुनः खडा गर्नुपर्ने भएको छ। सर्वोच्चबाहेक विशेष अदालत, सात उच्च अदालत र १४ जिल्ला अदालतसहित २३ अदालत आन्दोलनकारीको आक्रमणमा परेका छन्।

नेपाल बार एशोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले अदालतमा आगजनी हुनु नेपाली समाजको मूल चरित्रविपरीत भएको बताउँदै विध्वंशसम्म पुग्नुका कारणमा गम्भीर अध्ययन आवश्यक रहेको बताएका छन्। वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले अभिलेख जलेर नष्ट हुनु अदालत र न्याय प्रणालीका लागि अपूरणीय क्षति भएको प्रतिक्रिया दिएका छन्।

सर्वोच्च प्रशासनका अनुसार जलेको मूल भवन अब प्रयोग अयोग्य बन्न सक्ने अनुमान गरिएको छ। अभिलेख नष्ट भएकाले कतिपय प्रमाण सदाका लागि हराएको भन्दै कानुनी अभ्यासमा यसले गम्भीर असर पार्ने देखिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

तिहार अर्थात् यमपञ्चक आजदेखि सुरु, कुन दिन के छ ?
4 महिना अगाडि

काठमाडौं, कात्तिक १ — उज्यालोको पर्वका रूपमा मनाइने तिहार अर्थात् यमपञ्चक आजदेखि विधिवत् सुरु ...

छुटाउनुभयो कि ?

TOP