प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच आज टेलिफोन वार्ता

काठमाडौं भदौ २- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता हुने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार वार्तामा आगामी फागुनमा हुने निर्वाचनका लागि आवश्यक सहयोग, पुनर्निर्माणलगायत विषयमा छलफल हुनेछ ।

यसअघि मंगलबार भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । सोही क्रममा दुवै नेताबीच टेलिफोन संवाद गर्ने सहमति बनेको थियो । भेटमा राजदूत श्रीवास्तवले मोदीले पठाएको बधाई सन्देश सुनाउँदै दुई देशबीचको मित्रता र सहयोगलाई अझ सुदृढ बनाउन भारत प्रतिबद्ध रहेको बताएका थिए ।

प्रधानमन्त्रीमा नियुक्त भएको दिनदेखि नै मोदीले सामाजिक सञ्जालमार्फत र मणिपुरमा एक सभालाई सम्बोधन गर्ने क्रममा कार्कीलाई बधाई दिएका थिए । उनले नेपाललाई साझा इतिहास र आस्थाद्वारा जोडिएको घनिष्ठ मित्र राष्ट्रका रूपमा व्याख्या गर्दै अन्तरिम सरकारको नेतृत्वमा शान्ति, स्थिरता र समृद्धि स्थापित हुने विश्वास व्यक्त गरेका थिए ।

गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी प्रदर्शनकारीको प्रस्तावअनुसार कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए । त्यसलगत्तै भारतीय प्रधानमन्त्री मोदी र भारतको विदेश मन्त्रालय दुवैले शुभकामना सन्देश जारी गर्दै नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउन निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

उपकरण जडान द्रुतरूपमा
3 बर्ष अगाडि

उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...

छुटाउनुभयो कि ?

TOP