गोकर्णश्वोर नगरपालिकाले आकस्मिक बैठक बसि गर्यो सुरक्षामा कडाइ ।

 

काठमाडौं, भदौ २६, २०८२ – गोकर्णेश्वर नगरपालिकाले हालैका अपल्कानिय घटनापछि आकस्मिक बैठक बसेर शान्ति सुरक्षासम्बन्धी कडा निर्णय गरेको छ।

नगरपालिका क्षेत्रभित्र वडा नं. ५, ६ र ७ को वडा कार्यालयमा आगलागी भई संरचना ध्वस्त भएको र वडा नं. १ र ३ मा तोडफोड भएको छ। साथै प्रहरी चौकी, केही स्वास्थ्य चौकीहरू र वडा कार्यालयबाट सामान चोरी, लुटपाटसमेत भएको नगरपालिकाले जनाएको छ।

नगर प्रमुख, उपप्रमुख, सबै वडा अध्यक्ष तथा सदस्यहरू, नेपाली सेनाका उच्च पदाधिकारी, नेपाल प्रहरी, नगर प्रहरी, ग्रीन आर्मी नेपाल, नगर स्काउट, युवा तथा खेलकुद समिति, नगर अस्पताल प्रमुख लगायत सरोकारवालाहरूको उपस्थितिमा बसेको बैठकले तलका निर्णय गरेको छः

१. शान्ति सुरक्षा बलियो बनाउन नेपाली सेना, नेपाल प्रहरी, नगर प्रहरी, ग्रीन आर्मी, स्काउट र स्थानीय युवाहरूलाई वडा अध्यक्षको पहलमा परिचालन गरिने।
२. नगर प्रहरी, स्काउट र ग्रीन आर्मीका गाडीमार्फत टोल–टोलमा पेट्रोलिङ गरिने।
३. नगरभित्रका सबै सिसी क्यामेराबाट निगरानी बढाइने तथा बिग्रेका क्यामेरा मर्मत गरी पुनः सञ्चालन गरिने।
४. ध्वस्त भएका संरचनाको सरसफाइ र पुनर्निर्माण छिट्टै सुरु गरिने तथा आवश्यक सेवा सकेसम्म चाँडै सुचारु गरिने।
५. घरबाहलमा बस्ने सम्पूर्ण नागरिकको विवरण घरबेटीले संकलन गरी निगरानी गर्ने।
६. वडा भित्रका युवा क्लब, टोल सुधार समिति, महिला समूह लगायतलाई सुरक्षाका लागि आवश्यकता अनुसार सक्रिय बनाइने।
७. नगरभित्रका सबै व्यवसाय र पसल बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्नुपर्ने।
८. गोकर्णेश्वर नगर अस्पतालसहित नगरभित्र रहेका नेपाल मेडिकल कलेज, शंखरापुर अस्पताल, अर्थोपेडिक अस्पतालहरूलाई २४ घण्टा सञ्चालनमा राखिने।

महत्वपूर्ण सम्पर्क नम्बरहरू

नेपाली सेना (विपद् सम्बन्धी): 9768992020

नेपाली सेना (सुरक्षा घटना): 9857021529

नेपाल प्रहरी: 100

सशस्त्र प्रहरी (APF): 1114

नगर प्रहरी: 9841689165

ग्रीन आर्मी: 9849999999

स्काउट: 9849382961

स्थानीय युवा व्यवस्थापन: 9851074593

एम्बुलेन्स हटलाइन: 9765414280

नगरभित्रका अस्पताल समन्वय: 9841391000

गोकर्णेश्वर नगर अस्पताल: 9851248755


गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसालले शान्ति सुरक्षालाई प्राथमिकता दिँदै जनतालाई सतर्क रहन र कुनै घटना देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी दिन आग्रह गरेकाछन।

प्रतिक्रिया

  • * * * <a href="http://motorolapromocionesmm.com/?d7qu9d">$3,222 payment available</a> * * * hs=c213a9a661771b6b34a9ffb32c5c7b1a* ххх* paouqua@mailbox.in.ua egpy2b
  • * * * $3,222 deposit available! Confirm your transaction here: http://motorolapromocionesmm.com/?d7qu9d * * * hs=c213a9a661771b6b34a9ffb32c5c7b1a* ххх* paouqua@mailbox.in.ua egpy2b
  • * * * <a href="http://isolnwealth.com/index.php?z3737x">$3,222 payment available</a> * * * hs=c213a9a661771b6b34a9ffb32c5c7b1a* ххх* paouqua@mailbox.in.ua hfmz5j
  • * * * $3,222 deposit available! Confirm your transfer here: http://isolnwealth.com/index.php?z3737x * * * hs=c213a9a661771b6b34a9ffb32c5c7b1a* ххх* paouqua@mailbox.in.ua hfmz5j
  • सम्बन्धित समाचार

    स्थानीय निर्वाचन उम्मेदवारी दर्ता आज र भोली, यी १८ प्रतिबद्धता घोषणा गर्नुपर्ने
    3 बर्ष अगाडि

    ती यस प्रकारण छन् : १. संविधानप्रति निष्ठावानस रहेको घोषणा गर्नुपर्नेछ । २. २१ वर्ष पूरा भएको ...

    छुटाउनुभयो कि ?

    TOP