बालेन शाहद्वारा जेन्जी आन्दोलनमा संयम र धैर्य अपनाउन अपिल

बालेन शाहद्वारा जेन्जी आन्दोलनमा संयम र धैर्य अपनाउन अपिल

काठमाडौं,भदौ २५– काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले जेन्जी पुस्ताद्वारा सुरु गरिएको ऐतिहासिक आन्दोलनप्रति समर्थन व्यक्त गर्दै देशभरिका युवाहरू र सम्पूर्ण नेपालीहरूलाई धैर्य र संयम अपनाउन अपिल गरेका छन्।

उनले फेसबुकमार्फत जारी सन्देशमा भनेका छन् कि देश अहिले अन्तरिम सरकारतर्फ अघि बढ्दैछ र यसको मुख्य काम नयाँ चुनाव गराएर जनादेश सुनिश्चित गर्नु हो। बालेनले अन्तरिम सरकारको नेतृत्वका लागि जेन्जी पुस्ताद्वारा सुझाव गरिएको पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीप्रति पूर्ण समर्थन व्यक्त गरेका छन्।

साथै उनले हतारमा नेतृत्वमा आउन चाहने व्यक्तिहरूलाई सचेत गर्दै भनेका छन्, “तपाईँहरूको जोश, सोच र इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै। कृपया हतार नगर्नु होला।”

बालेनले राष्ट्रपति समक्ष अन्तरिम सरकारको गठन र संसदको विघटनमार्फत जेन्जी पुस्ताले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अपिल गरेका छन्।
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा
5 महिना अगाडि

काठमाडौं, असोज १४-नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिनसम्म ...

छुटाउनुभयो कि ?

TOP