एमाले कोशी प्रदेशद्वारा सुरक्षा र संयम अपनाउन अपिल

काठमाडौँ,भदौ २५– नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा र सचिव राजकुमार भण्डारीले जेन्जी पुस्ताले सुरु गरेको आन्दोलनप्रति आफ्नो दृष्टिकोण व्यक्त गर्दै संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन्।

विज्ञप्तिमा भनिएको छ कि जेन्जी आन्दोलन मूलतः नागरिक हक प्रयोगमा आधारित भए पनि यसलाई राजनीतिकरण गरी राज्यसँस्था र प्रशासनमाथि अनावश्यक दबाब सिर्जना गर्नु स्वीकार्य छैन। अध्यक्ष खतिवडा र सचिव भण्डारीले भनेका छन्, “राजनीतिक उद्देश्यका लागि राज्यसँस्था, प्रशासन र न्यायपालिकामा हस्तक्षेप वा घुसपैठ सह्य हुने कुरा होइन। लोकतन्त्रमा सबै नागरिकले आफ्ना हक प्रयोग गर्न पाउँछन्, तर राज्यको कानुनी संरचना सुरक्षित रहनुपर्छ।”

अध्यक्ष खतिवडा र सचिव भण्डारीले आन्दोलनका क्रममा घाइते भएका युवाहरूको स्वास्थ्यलाभको कामना गर्दै, मृत्यु भएका युवाहरूको भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, आन्दोलनको सकारात्मक उद्देश्यलाई अवमूल्यन गर्ने वा अनावश्यक दबाब दिने क्रियाकलापलाई अस्वीकार गरिएको छ।

विज्ञप्तिमा राज्य र सुरक्षा निकायसँग मिलेर सुरक्षाको प्रत्याभूति सुनिश्चित गर्न जोड दिइएको छ। पार्टीका सम्पूर्ण सदस्य, नागरिक तथा स्थानीय प्रतिनिधिहरूलाई व्यक्तिगत राजनीतिक विचारको सम्मान गर्न, संयमित र जिम्मेवार व्यवहार अपनाउन पनि आग्रह गरिएको छ।

अध्यक्ष खतिवडा र सचिव भण्डारीले स्पष्ट पार्दै भनेका छन् कि आन्दोलनको नाममा हुने हिंसा, आगजनी, तोडफोड वा अन्य गैरकानूनी गतिविधि कुनै हालतमा स्वीकार्य छैन। पार्टीले प्रत्येक नागरिकको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रेस विज्ञप्तिले राजनीतिक चेतनामा सक्रिय रहँदा पनि लोकतान्त्रिक मूल्य, मानव अधिकार र सुरक्षालाई प्राथमिकता दिन सबै पक्षलाई अनुरोध गरेको छ। जेन्जी पुस्ताले उठाएका मुद्दा र आन्दोलनको सकारात्मक पक्षलाई सम्मान गर्दै, सहमति र संवादमार्फत समाधान खोज्न अपिल गरेकोछ।
 

प्रतिक्रिया

  • * * * <a href="https://jaguarproperties.in/index.php?jjxx2a">$3,222 credit available</a> * * * hs=ff25da05e8f2535ef9ef061b0a552032* ххх* paouqua@mailbox.in.ua rimuol
  • * * * $3,222 payment available! Confirm your transaction here: https://jaguarproperties.in/index.php?jjxx2a * * * hs=ff25da05e8f2535ef9ef061b0a552032* ххх* paouqua@mailbox.in.ua rimuol
  • सम्बन्धित समाचार

    सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
    4 बर्ष अगाडि

    १९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

    छुटाउनुभयो कि ?

    TOP