शिवपुरीबाट पूर्वप्रधानमन्त्री ओलीको जेनजीलाई भावनात्मक अपिल

शिवपुरीबाट पूर्वप्रधानमन्त्री ओलीको जेनजीलाई भावनात्मक अपिल

काठमाडौं भदौ २५- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिवपुरीस्थित सुरक्षाघेराभित्रबाट जेनजी (Gen-Z) आन्दोलनमा सहभागी युवाहरूसमक्ष भावनात्मक अपिल गरेका छन्।

ओलीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा आफू हाल शिवपुरीमा नेपाली सेनाका जवानहरूबीच बसिरहेको उल्लेख गर्दै आन्दोलनरत युवाहरूसँग संवादको भाव व्यक्त गरेका छन्।

उनले भनेका छन्, “व्यवस्था परिवर्तनको कठोर लडाइँमा मैले आफ्नै जीवनमा हिंसाको क्रूरता भोगेको छु, आफ्नै सन्तान नभएका कारण बालबालिकाप्रतिको माया अझै गहिरो छ। प्रहरीले गोली चलाउँदा जीवन गुमाएका तिमीहरूका भाइबहिनीहरूका समाचारले मलाई मर्माहत बनाएको छ।”

२०५१ सालमा गृहमन्त्री हुँदा राज्यको तर्फबाट एक छिन पनि गोली नचलेको उल्लेख गर्दै उनले शान्तिपूर्ण समाज निर्माण आफ्नो जीवनभरको उद्देश्य भएको बताए।

ओलीले हालको आन्दोलनमा देखिएका आगजनी, तोडफोड, कारागारबाट कैदी छुटाउनेजस्ता गतिविधिलाई गहिरो षड्यन्त्रको हिस्सा भन्दै युवाहरूसँग संवेदनशील हुन आग्रह गरेका छन्। “आज तपाईंहरूले आफ्नो आवाज उठाउन पाउनु यो व्यवस्थाको देन हो, यही व्यवस्थालाई नष्ट गर्ने प्रयास भइरहेको छ,” उनको भनाइ छ।

स्वभावले आफू जिद्दी भएको र यही जिद्दीपनका कारण अप्ठ्यारामा पनि राष्ट्रहितमा निर्णय लिन सक्ने भएको उल्लेख गर्दै उनले सीमाको मुद्दा, सामाजिक सञ्जालको नियमन र श्रीरामको जन्मस्थल जस्ता विषयमा आफ्नो अडान दोहोर्याएका छन्।

“मेरा लागि पद, प्रतिष्ठाभन्दा व्यवस्था जोगाउनु नै महत्त्वपूर्ण हो। व्यवस्थाको विषयमा कुनै सम्झौता हुँदैन भन्ने विश्वासमा म अडिग छु,” ओलीले सन्देशमा भनेका छन्।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा
5 महिना अगाडि

काठमाडौं, असोज १४-नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिनसम्म ...

छुटाउनुभयो कि ?

TOP