काठमाडौँ भदौ २४-प्रधानसेनापति अशोक राज सिग्देलले हालको आन्दोलनका क्रममा भइरहेका लुटपाट, आगजनी र तोडफोडका घटनालाई तत्काल रोक्न आग्रह गरेका छन्। उनले यस्ता गतिविधि रोकिएनन् भने नेपाली सेना सहित सम्पूर्ण सुरक्षा निकायहरू कडा कदम चाल्न तयार रहेको चेतावनी दिएका छन्।
भदौ २४ गते एक सूचना जारी गर्दै सेनाले राति १० बजेदेखि नेपाली सेना लगायतका सुरक्षा निकायहरू आफ्नो जिम्मेवारीमा दृढतापूर्वक प्रस्तुत हुने जनाएको छ।
प्रधानसेनापति सिग्देलले भने, “देशको रक्षाको जिम्मेवारी हाम्रो प्रमुख कर्तव्य हो । सर्वसाधारण नागरिक र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने काम तुरुन्त रोक्नुपर्छ, नत्र स्थिति नियन्त्रणमा लिन सुरक्षा निकायहरू बाध्य हुनेछन्।”
सेनाले सम्पूर्ण राष्ट्रवासीलाई सहयोग गर्न अपिल गर्दै सुरक्षा स्थितिको पुनर्मूल्याङ्कन गरी थप सूचना जारी गरिने पनि जनाएको छ।
काठमाडौं, असोज १४-नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिनसम्म ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!