संसद् विघटन भए पश्चात मात्रै वार्तामा जान विजय कृष्णमूर्तिको सुझाव, ‘मिठो कुरालाई विश्वास नगर्नु’ आग्रह

संसद् विघटन भए पश्चात मात्रै वार्तामा जान विजय कृष्णमूर्तिको सुझाव, ‘मिठो कुरालाई विश्वास नगर्नु’ आग्रह

काठमाडौं भदौ २४ – बालयोगेश्वर विजय कृष्ण मुर्ति महाराजले हालको राजनीतिक अवस्थाप्रति टिप्पणी गर्दै संसद् विघटन नभएसम्म कुनै पनि वार्तामा नजान सुझाव दिएका छन्। उनले राजनीतिक दल र नेताहरूबाट बाहिर आउने मिठा आश्वासन र वक्तव्यहरूमा विश्वास नगर्न जनतालाई आग्रह समेत गरे।

महाराजका अनुसार मुलुकलाई स्थिरता दिनको लागि सत्य र पारदर्शितामा आधारित निर्णय आवश्यक छ। “संसद् विघटन नगरी कुनै पनि वार्ताले समाधान दिन सक्दैन,” उनले भने, “जनताले पनि मिठो भाषणमा विश्वास नगरी यथार्थ बुझ्नुपर्छ।”

उनले नेतृत्वदायी तहमा रहेका व्यक्तिहरूले देश र जनताको हितलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै दिगो समाधानका लागि वास्तविक संवाद र कार्यान्वयन योग्य सहमतिको आवश्यकता रहेको बताए।जेनजि पुस्ताको आन्दोलन समयको माग भएकोले आफ्नो पुर्ण साथ सहयोग र समर्थन रहेको महाराजले बताएकाछन।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा
5 महिना अगाडि

काठमाडौं, असोज १४-नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिनसम्म ...

छुटाउनुभयो कि ?

TOP