काठमाडौं भदौ २४ – बालयोगेश्वर विजय कृष्ण मुर्ति महाराजले हालको राजनीतिक अवस्थाप्रति टिप्पणी गर्दै संसद् विघटन नभएसम्म कुनै पनि वार्तामा नजान सुझाव दिएका छन्। उनले राजनीतिक दल र नेताहरूबाट बाहिर आउने मिठा आश्वासन र वक्तव्यहरूमा विश्वास नगर्न जनतालाई आग्रह समेत गरे।
महाराजका अनुसार मुलुकलाई स्थिरता दिनको लागि सत्य र पारदर्शितामा आधारित निर्णय आवश्यक छ। “संसद् विघटन नगरी कुनै पनि वार्ताले समाधान दिन सक्दैन,” उनले भने, “जनताले पनि मिठो भाषणमा विश्वास नगरी यथार्थ बुझ्नुपर्छ।”
उनले नेतृत्वदायी तहमा रहेका व्यक्तिहरूले देश र जनताको हितलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै दिगो समाधानका लागि वास्तविक संवाद र कार्यान्वयन योग्य सहमतिको आवश्यकता रहेको बताए।जेनजि पुस्ताको आन्दोलन समयको माग भएकोले आफ्नो पुर्ण साथ सहयोग र समर्थन रहेको महाराजले बताएकाछन।
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...
प्रतिक्रिया