काठमाडौं, असोज १२- काठमाडौं महानगरपालिका–१७ निवासी अनन्त शाक्य र प्रतिस्था शाक्यकी सुपुत्री आर्यतारा शाक्यलाई नेपालको जीवित देवी श्री कुमारी पदमा नियुक्त गरिएको छ।
गुठी संस्थानको मिति २०८२ असोज ९ गतेको निर्णयअनुसार उनलाई काठमाडौं महानगरपालिका–२३, बसन्तपुरस्थित ऐतिहासिक कुमारी घरमा विराजमान गराउने व्यवस्था गरिएको हो। सोही निर्णयका आधारमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले असोज १२ गते पूजाआजा तथा विधिपूर्वक अनुष्ठान पूरा गरी आर्यतारालाई प्रतिस्थापन गरेका हुन्।
गुठी संस्थानका प्रशासक शैलेश राज कुवरले प्रतिस्थापन प्रक्रियाबारे जानकारी दिँदै नवनियुक्त कुमारीलाई परम्परागत विधिअनुसार जिम्मेवारी हस्तान्तरण सम्पन्न भइसकेको र सम्बन्धित सबैलाई यसबारे आधिकारिक रूपमा सूचित गरिएको बताए।
नेपालमा ‘कुमारी’ प्रथा एक जीवित देवीको रुपमा मानिन्छ, जसलाई ‘तलेजु भवानी’को अवतारको रुपमा पूजा गरिन्छ। विशेषगरी काठमाण्डौको बसन्तपुर दरबार क्षेत्रमा बस्ने कुमारीलाई राजकीय कुमारी मानिन्छ। दशैं, इन्द्रजात्रा लगायतका महत्वपूर्ण चाडपर्वमा नवनियुक्त कुमारीको उपस्थितिलाई विशेष महत्व दिइन्छ।
कुमारी चयन प्रक्रिया अत्यन्तै परम्परागत मानकअनुसार हुने गर्छ। उमेर, स्वास्थ्य, पारिवारिक पृष्ठभूमि, तथा विशेष शारीरिक–आध्यात्मिक लक्षणका आधारमा गुठी संस्थान र सम्बन्धित जातीय समुदायका प्रतिनिधिहरूको सहभागितामा नयाँ कुमारी चयन गरिन्छ।
अघिल्लो जीवित देवी कुमारीले उमेरका कारण पद त्याग गरेपछि नयाँ कुमारी खोज्ने प्रक्रिया अघि बढाइएको हो। परम्पराअनुसार निश्चित उमेर पुगेपछि कुमारी पदबाट मुक्त भई उनी सामान्य जीवनमा फर्किन्छन्।
नवनियुक्त जीवित देवी आर्यतारा शाक्य अब बसन्तपुरस्थित कुमारी घरमै बस्नेछन्। कुमारीलाई धार्मिक कार्य, पूजाआजा र राज्यका प्रमुख चाडपर्वमा विधिपूर्वक उपस्थित गराइने परम्परा छ।
कुमारीलाई मात्र धार्मिक दृष्टिले होइन, सांस्कृतिक तथा सामाजिक आस्थाको केन्द्रको रुपमा समेत लिइन्छ। शताब्दीयौँ पुरानो यो परम्परा आज पनि नेपालमा जीवित छ र राज्यका उच्चपदस्थ व्यक्तिहरूदेखि सर्वसाधारणसम्मले देवीको दर्शन लिने गर्छन्।
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...
प्रतिक्रिया