तिजलाई संस्कार र समावेशीताको पर्व बनाउनुपर्नेमा जोड

काठमाडौं, भदौ १ – नेपाल बौद्धिक परिषद महिला तथा समावेशी विभागको आयोजनामा आइतबार ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा “सामाजिक सांस्कृतिक रुपान्तरणका लागि तिज विचार–विमर्श” कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य सहभागी रहिन्। स्वागत मन्तव्य विभागकी अध्यक्ष सृजना घिमिरेले राखिन्।

कार्यक्रममा नेपाल बौद्धिक परिषदका केन्द्रीय सचिव तथा प्रचार विभाग प्रमुख डा. टिका ढकालले अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गर्दै तिजलाई भड्किलो बनाउने प्रवृत्ति समाजका लागि दीर्घकालीन समस्या बन्न सक्ने चेतावनी दिँदै यसलाई परम्परा, संस्कार र समावेशीतासँग जोड्नुपर्नेमा जोड दिए।

प्यानल डिस्कसनमा ललितपुर महानगरपालिकाकी उप–प्रमुख अञ्जली शाक्य (आस्था), नेकपा एमाले केन्द्रीय सदस्य रचना खड्का, सञ्चारिका समूह नेपालकी अध्यक्ष कमला पन्थी र बुद्धिजीवी बिधान आचार्यले सहभागिता जनाए। उनीहरूले तिजलाई महिला सशक्तिकरण, सामाजिक सचेतना र सांस्कृतिक संरक्षणसँग जोडेर अघि बढाउनुपर्ने धारणा प्रस्तुत गरे।

सो अवसरमा नेपाल बौद्धिक परिषदका अध्यक्ष इञ्जिनियर गजेन्द्र थपलियाले तिजलाई केवल गीत–संगीत र नृत्यमा सीमित नगरी सामाजिक चेतना, सांस्कृतिक जगेर्ना र महिला अधिकार प्रवर्द्धनको पर्वका रूपमा विकसित गर्नुपर्ने बताए। परिषदका इन्चार्ज एवम् पूर्वमन्त्री अरुण नेपालले तिजलाई आर्थिक–सामाजिक रुपान्तरणमा बुद्धिजीवीहरूले अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिए।

कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि, महिला अधिकारकर्मी, सञ्चारकर्मी, विद्यार्थी र विभिन्न क्षेत्रका बुद्धिजीवीहरूको उल्लेख्य सहभागिता रहेको परिषदले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP