नेपाल बौद्धिक परिषदद्वारा ‘सांस्कृतिक कूटनीति’ विषयक बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं, साउन ३१ – नेपाल बौद्धिक परिषदद्वारा आयोजना गरिएको “सांस्कृतिक कूटनीति: नेपालको विश्वव्यापी पहिचान प्रवर्द्धन” बिषयक बृहत अन्तरक्रिया कार्यक्रम आज काठमाडौंमा सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख अतिथिको रूपमा नेकपा एमालेका  महासचिव शंकर पोखरेल उपस्थित थिए। कार्यक्रममा प्रमुख अतिथिले आफ्नो मन्तव्य दिँदै नेपालको सांस्कृतिक सम्पदालाई विश्वसामु चिनाउने र यसको माध्यमबाट कूटनीतिक सम्बन्धलाई सुदृढ बनाउने आवश्यकतामा जोड दिएका थिए। उनले भने, “नेपालको विविध सांस्कृतिक सम्पदा हाम्रो पहिचान मात्र नभई विश्वसामु हाम्रो कूटनीतिक शक्ति पनि हो। हामीले यसलाई संरक्षण गर्दै प्रवर्द्धन गर्नु अत्यन्त जरुरी छ।”

यस अवसरमा डा. राजेन्द्र चापागाईंले कार्यपत्र प्रस्तुत गरेका थिए भने डा. अर्जुन कार्की, पूर्व राजदूत डा. बंशीधर मिश्र, पूर्व राजदूत डा. गोपाल धौबन्जार, र विभिन्न संस्कृतिविद् तथा बौद्धिक व्यक्तित्वहरू पनि उपस्थित थिए। प्रस्तुत कार्यपत्रमा नेपालको सांस्कृतिक पहिचानको महत्व, त्यसको विश्वव्यापी प्रवर्द्धनका उपाय, र सांस्कृतिक कूटनीतिबाट प्राप्त सम्भावित लाभबारे विस्तृत छलफल गरिएको थियो।

नेपाल बौद्धिक परिषदका अध्यक्ष गजेन्द्र थपलियाले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सबै सहभागीहरूलाई धन्यवाद व्यक्त गर्दै भने, “यस प्रकारका अन्तरक्रिया कार्यक्रमले बौद्धिक चेतना र सांस्कृतिक जागरूकता फैलाउने मात्र नभई नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर पनि प्रदान गर्छ।”

कार्यक्रमले सहभागीहरूबीच विचारविमर्श, अनुभव आदान–प्रदान, र आगामी सांस्कृतिक कूटनीतिक योजना निर्माणमा मार्गदर्शन गर्ने महत्वपूर्ण भूमिका खेलेको बताइएकोछ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP