गाईजात्रामा वसन्तपुरमा रक्तदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम हुने

गाईजात्रामा वसन्तपुरमा रक्तदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम हुने

काठमाडौं, साउन २१ — गाईजात्राको अवसरमा यही साउन २५ गते आइतबार काठमाडौंको वसन्तपुरमा रक्तदान तथा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम हुने भएको छ।

रोटरी क्लब अफ न्युरोड सिटी काठमाडौंको आयोजनामा तथा इनरह्वील क्लब काठमाडौं, रोट्राक्ट क्लब, इन्ट्राक्ट क्लब, चिरायु अस्पताल बसुन्धरा, श्री शार्दुल जंग गुल्म बसन्तपुर र लभ्ली बचत तथा सहकारी संस्थाको प्रायोजनमा कार्यक्रम सञ्चालन हुने छ।

कार्यक्रम संयोजक सरिता आचार्यका अनुसार, स्वैच्छिक रक्तदानसँगै रक्तचाप, मधुमेह लगायतका निःशुल्क स्वास्थ्य परीक्षण गरिने छन्। कार्यक्रम बिहानदेखि दिउँसोसम्म चल्नेछ।

“जनस्वास्थ्यप्रति सचेतना बढाउने र मानव सेवामा प्रत्यक्ष योगदान दिने उद्देश्यले कार्यक्रम आयोजना हुन लागेको हो,” संयोजक आचार्यले बताइन्।

आयोजकहरूले सर्वसाधारणको सक्रिय सहभागिता हुने अपेक्षा राखेका छन्।
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

बसन्तपुरमा लिङ्गो ठड्याएर सुरु भयो इन्द्रजात्रा
6 महिना अगाडि

काठमाडौं भदौ १९— काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा धार्मिक विधिअनुसार लिङ्गो ठड्याउँदै यो व ...

छुटाउनुभयो कि ?

TOP