चर्चामा
काठमाडौं, साउन ९ – मधेस प्रदेशमा सरकार परिवर्तनको अड्कलबाजी भइरहेका बेला प्रदेश सरकारका प्रवक्ता तथा सन्चार,गृहमन्त्री राजकुमार लेखि थारुले त्यस्ता सबै चर्चा ‘खालि हल्ला’ मात्र भएको बताएका छन्। उनले रेड मिडियासँगको विशेष संवादमा सरकार यथावत् रहेको, गठबन्धनमा कुनै असमझदारी नभएको र मन्त्रिपरिषद् फेरबदलको लागि औपचारिक रूपमा कुनै प्रक्रिया सुरु नभएको स्पष्ट पारेका छन्।
उनले भने, “सरकार ढल्दैछ भन्ने कुरा हल्ला मात्रै हो। मन्त्रिपरिषद् फेरबदलको प्रस्ताव आएको छैन, न त प्रदेशसभा भित्र कुनै आधिकारिक पहल भएको छ। गठबन्धन स्थिर छ र हामी जनताको सेवा केन्द्रित भएर काम गरिरहेका छौं।”
मधेसमा पछिल्लो समय सामाजिक सञ्जाल, केही सञ्चारमाध्यम र राजनीतिक वृत्तमा नयाँ सत्ता समीकरण बन्ने, सरकार ढल्ने, वा मुख्यमन्त्री परिवर्तनको तयारी भइरहेको जस्ता अड्कलबाजीहरू फैलिएका छन्। तर लेखिले यस्ता सबै प्रचारहरू तथ्यहीन रहेको र यसले जनमानसमा भ्रम सिर्जना गर्न खोजिएको आरोप लगाए।
उनका अनुसार केही स्वार्थी समूहहरूले सरकारको स्थायित्वमाथि प्रश्न उठाउने नियतले अफवाह फैलाउने काम गरिरहेका छन्। “अहिले सरकार भित्र पूर्ण सहकार्य छ। गठबन्धनका दलहरूबीच नियमित समन्वय भइरहेको छ। यस्तो अवस्थामा सरकार ढल्छ भन्ने प्रचार गर्नु केवल जनतालाई अन्योलमा पार्ने प्रयास हो,” उनले दोहोर्याए।
प्रवक्ता लेखिले यस्ता हल्लाले सरकारको कामकाजमा बाधा पुर्याउने खतरा रहेको भन्दै अनावश्यक हल्लाको पछि नलाग्न आम जनतालाई आग्रहसमेत गरेका छन्। उनले थपे, “गठबन्धनभित्र अहिलेसम्म कुनै प्रकारको असहमति छैन। सरकारले जनताको अपेक्षा अनुसार सेवा प्रवाहमा ध्यान दिइरहेको छ। अहिलेको आवश्यकता परिवर्तन होइन, कार्यसम्पादनमा परिणाम हो।”
प्रदेश सरकारबारे बढ्दो चर्चा र हल्लाबीच प्रवक्ता लेखिको यो सार्वजनिक धारणा सरकारभित्र हालसम्म राजनीतिक स्थायित्व कायम रहेको स्पष्ट संकेत हो।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया