गृहिणी महिला संघको १३औं साधारण सभा सम्पन्न, अमृता शर्मा पुनः अध्यक्ष चयन

गृहिणी महिला संघको १३औं साधारण सभा सम्पन्न, अमृता शर्मा पुनः अध्यक्ष चयन

काठमाडौं, साउन १८— गृहिणी महिला संघ नेपालको १३औं वार्षिक साधारण सभा शनिबार काठमाडौंमा सम्पन्न भएको छ। सभाले पुरानो कार्यसमिति विघटन गर्दै पुनः सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ।

अमृता शर्माको अध्यक्षतामा पुरानै कार्यसमिति यथावत् पुनः चयन गरिएको हो। उपाध्यक्षमा सिता तिमिल्सिना, महासचिवमा हिरादेवी तिमिल्सिना, सचिवमा जान्दवी आचार्य, सहसचिवमा झल्का तिमिल्सिना, कोषाध्यक्षमा सारदा बस्ताकोटी र सहकोषाध्यक्षमा विनु सापकोटा चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा साबित्रा थापा मगर, मिना गौतम, सोविता सत्याल, ममता बजगाईं र विनु बास्कोटा निर्विरोध चयन भएका छन्।

कार्यक्रममा प्रमुख अतिथि मानव अधिकार आयोगकी सदस्य लिली थापा तथा संघका संस्थापक डा. रामकृष्ण तिमिल्सिनाको विशेष उपस्थिति रहेको थियो। साधारण सभामा वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। आजैका दिन संघको आजीवन सदस्यताको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भएको समेत जानकारी दिइएको छ।

बुद्धिजीवी, पत्रकार, समाजसेवी र गृहिणीहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा सञ्चारकर्मी तथा गायिका विष्णुमाया पौडेलले सञ्चालन गरेकी थिइन्।

संस्थाले विभिन्न विधामा योगदान पुर्‍याउने १० जना महिला तथा पुरुषलाई सम्मानसमेत गरेको थियो। कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा ‘रिमा साइराम समाज’की संचालक रिमा सापकोटा आश्रममा रहेका वृद्ध आमाबुबाको पीडा सुनाउने क्रममा भावुक हुँदै रोएकी थिइन्, जसले हलमा केही समय सन्नाटा छाएको थियो।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP