टोखा नगरपालिका द्वारा ४० वर्षदेखि अतिक्रमित सार्वजनिक जग्गा मुक्त, खेलमैदान बनाउने तयारी

टोखा, साउन १८ – टोखा नगरपालिका वडा नम्बर ५ स्थित ४० वर्षदेखि अतिक्रमणमा रहेको करिब १० रोपनी सार्वजनिक जग्गा आइतबार बिहान डोजर प्रयोग गरेर खाली गरिएको छ।

नगरपालिकाको पटक–पटकको चेतावनीपछि समेत अटेर गर्दै बसोबास गरिरहेका व्यक्तिले उल्टै नगरपालिकामाथि मुद्दा हालेका थिए। अदालतमा मुद्दा हारेपछि पनि उनीहरू हट्न तयार नभएपछि नगरपालिकाले जबरजस्ती हटाउने निर्णय गरेको हो।

नगरप्रमुख प्रकाश अधिकारीले सार्वजनिक जग्गा संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएको उल्लेख गर्दै यस्ता अतिक्रमणविरुद्धको अभियान निरन्तर चल्ने स्पष्ट पारे। प्रमुख प्रशासकीय  अधिकृत  शेरबहादुर बिसि का अनुसार, सम्बन्धित पक्षलाई पटक–पटक जानकारी दिइए पनि नहटेपछि बाध्य भएर डोजर चलाउनुपरेको हो।

सदर गरिएको जग्गा खाली गराउने कार्यमा मेयर, उपमेयर, वडाअध्यक्ष, जनप्रतिनिधि, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, नगर प्रहरी, र नेपाल प्रहरीको उल्लेखनीय उपस्थिति रहेको थियो।

स्थानीयवासीहरू यस कदमबाट निकै खुशी देखिए। उनीहरूले लामो समयदेखि सार्वजनिक सम्पत्तिमाथिको अतिक्रमण हटाउन माग गर्दै आएका थिए।

नगरपालिकाले उक्त जग्गामा स्थानीयका लागि खेलकुद मैदान निर्माण गर्ने योजना रहेको जानकारी दिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP