काठमाडौ असार ८-लाइफ कम्प्युटरले आयोजना गरेको राष्ट्रियस्तरको वेबसाइट निर्माण प्रतियोगितामा देशभरका विद्यार्थीहरूबाट सहभागिता जनाइएको यस प्रतिस्पर्धाको टप टेन प्रतियोगीको छनोट प्रक्रिया सम्पन्न भइसकेको छ।
आयोजकका अनुसार, करिब ९८१ वटा वेबसाइटहरूमध्ये विभिन्न प्राविधिक मापदण्डको मूल्याङ्कनका आधारमा उत्कृष्ट २० छानिएको थियो र त्यसमा आधारित भएर अन्ततः उत्कृष्ट १० प्रतियोगी छनोट गरिएको छ। अब सोमबार (भोली) फाइनल विजेताहरूको औपचारिक घोषणा गरिने छ, जुन जमलस्थित नाचघरमा एक भव्य कार्यक्रमका बीच सम्पन्न हुनेछ।
यसपटक प्रतियोगितामा काठमाडौं, ललितपुर, धादिङ, बुटवललगायत विभिन्न जिल्लाका विद्यार्थीहरूको उपस्थिति देखिएको छ। टप टेनमा परेका विद्यार्थीहरूमा पद्मोदय स्कुलका नवराज श्रेष्ठ, आइडियल मोडल स्कुलका प्रसुन भट्ट, प्रगति आदर्श स्कुलकी ज्यास्मिन बज्राचार्य, सेन्टमेरिज स्कुल जाउलाखेलकी मुस्कान अधिकारी, आदर्श सौल युवक स्कुल ललितपुरका सुशील खड्का, श्री सुन्दरी सेकेन्डरी स्कुल धादिङका आदेश भण्डारी, टाइम्स सेकेन्डरी स्कुल लोलाङका अधिक सापकोटा, रिपुमर्देनी सैनिक महाविद्यालय बाँसबारीका सवीर महर्जन, तरुण माध्यमिक विद्यालय बालाजुका सजल लामिछाने र रुद्रपुर माध्यमिक विद्यालय बुटवल रुपन्देहीका शिशिर पौडेल छन्।
फाइनल घोषणा गरिने समारोहमा नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ प्रमुख अतिथिका रूपमा रहनेछन् भने वरिष्ठ संगीतकार तथा गायक आनन्द कार्की र ‘कमेडी च्याम्पियन’ सिजन वानका विजेता हिमेश पन्तले बेजोड प्रस्तुति दिने कार्यक्रम रहेको छ। प्रतियोगीहरूले आफ्नै वेबसाइटहरू कार्यक्रममा प्रत्यक्ष रूपमा प्रस्तुत गर्नेछन्, जसको मूल्याङ्कन विभिन्न पक्ष—कोडिङ, डिजाइन, सामग्रीको मौलिकता, रचनात्मकता आदि—को आधारमा गरिनेछ।
लाइफ कम्प्युटरका अनुसार, प्रतियोगितामा मूल्याङ्कन एकदमै निष्पक्ष र व्यवस्थित ढंगले गरिएको छ। सुरुमा स्क्रिनिङ गरिँदा वेबसाइटको मौलिकता, क्रिएटिभिटी, कोडिङ, डिजाइन, लोगो, कन्टेन्ट आदि विभिन्न पक्षमा स्कोरिङ गरिएको थियो। त्यसपछि टप २० मा परेकाहरूलाई पुनः सुधार गर्न दिइएपछि अन्तिम मूल्याङ्कन गरी टप १० छानिएको हो। विजेतालाई ल्यापटपलगायत आकर्षक पुरस्कार प्रदान गरिनेछ भने अन्य सहभागीहरूलाई पनि प्रमाणपत्र र भविष्यका कार्यक्रममा प्राथमिकता दिइने बताइएको छ।
हालसम्म लाइफ कम्प्युटरका बागबजार, १६ खुट्टे र कुमारीपाटी शाखाबाट प्रतियोगिता र तालिम सञ्चालन भइरहेका छ ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया